Photo of Milford Sound in New Zealand

जेस्ठ २३।  अमेरिकी लेजेन्ड बक्सर मोहम्मद अलीको ७४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी राज्य एरिजोनाको फोनिक्स शहरमा उनको निधन भएको हो ।
उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । उनी स्वासप्रवाससम्वन्धी रोगबाट पीडित थिए । उनको होम टाउन केन्टकी लोऐजिंगमा नै अन्त्येष्टि गरिने पारिवारले जनाएको छ ।
उनको जन्म १९४२ जनवरी १७ मा भएको थियो । १९६० मा रोम ओलम्पिकमा लाइट हेवीवेटमा स्वर्ण पदक जितेपछि उनी चर्चामा आए ।
उनको वास्तविक नाम कासियस मार्सेलस क्ले जुनियर हो । तर, उनले १९६४ मा आफ्नो नाम परिर्वतन गरेर मोहम्मद अली राखे । ‘दि ग्रेटेस्टट’ नामबाट चर्चित उनले १९६४ मा सोनी लिस्टनलाई हराएर पहिलो विश्व उपाधि जिते र तीन पटक विश्व हेवीवेट जित्ने पहिलो बक्सर बने ।
उनले जम्मा ६१ प्रतिस्पर्धामध्ये ५६ मा जित हात पारेका थिए । उनले १९८१ मा बक्सिङबाट सन्यास लिएए ।


from ARENA http://ift.tt/1UqarFY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top