Photo of Milford Sound in New Zealand

असार 16 । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा लुम्बिनी फुटबल क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

निर्धारित् ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि सीधै टाइब्रेकरमा निर्णय भएको खेलमा आर्मी ३–१ ले विजयी भएको हो ।

यसअघि, खेलको छैटौं मिनेटमा जनोमलाल लिगलले गोल गर्दै लुम्बिनीलाई प्रारम्भिक अग्रता दिलाएपनि त्यसपछि भने प्रेजेन तामाङले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याएका थिए ।

१२ टिमले सहभागिता जनाएको प्रतियोगिताको उपाधि जितेसँगै आर्मीले तीन लाख तथा उपविजेता लुम्बिनीले डेढ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

त्यस्तै, व्यक्तिगततर्फ गोलकिपरमा संकटा क्लबका सुशील बस्नेत, डिफेन्डरमा आर्मीका सुमन अर्याल, मिडफिल्डरमा लुम्बिनीका दामोदर थापा क्षेत्री, फरवार्डमा लुम्बिनीकै जनोमलाल लिगल तथा प्रशिक्षकमा आर्मीका चक्र तामाङ उत्कृष्ट घोषित भएका छन् ।

व्यक्तिगततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 

from ARENA http://ift.tt/293GQCs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top