Photo of Milford Sound in New Zealand

जेष्ट २६।  दुई पटकको उपाधि बिजेता पाराग्वेलाई दुई एक गोलअन्तरले हराउँदै कोलम्बियाले कोपा अमेरिकाको नकआउट चरण प्रबेशको संभावना प्रबल बनाएको छ ।
प्रतियोगिताको समूह ए मा रहेको कोलम्बियाले समूह चरणको दोस्रो खेलमा क्यालिफोर्नियाको रोज वल रंगशालामा पाराग्वेलाई दुई एक गोलले हराउन सफल भयो । समूहको पहिलो खेलमा उसले आयोजक अमेरिकालाई पनि दुई शून्य गोलले हराएको थियो ।
कार्लोस बाक्काले खेलको १२औं मिनेटमै कोलम्बियालाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा कप्तान तथा रियल म्याड्रिडका स्टार जेम्स रोड्रिगुइजले कोलम्बियाको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने प्रयास स्वरुप ७१औं मिनेटमा गोल फर्कायो । तर ८१औं मिनेटमा ओस्कार रोमेरो दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको पाराग्वेले कोलम्बियालाई थप चुनौति दिन सकेन ।
जीतपछि २ खेलबाट ६ अंक जोडेको कोलम्बिया समूह ए बाट बिजेताको रुपमा क्वाटरफाइनलमा पुग्ने संभावना प्रबल बनाएको छ । समूहको अन्तिम खेलमा कोलम्बियाले कोष्टारिकाबिरुद्ध खेल्नेछ । यस समूहमा आयोजक अमेरिका ३ अंकसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा कोष्टारिकासँग बराबरी खेलेको पाराग्वे १ अंकसहित समूहको तेस्रो स्थानमा छ ।


from ARENA http://ift.tt/1Y85y9U
via IFTTT

0 comments:

Post a Comment

add

 
Top