Photo of Milford Sound in New Zealand

असार 16 । यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।

फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो ।

बुधबार राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनलमा सशस्त्रले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो ।

प्रतियोगितामा सर्वोत्कृष्ट बन्न सफल सशस्त्रकी सरस्वती चौधरीले १५ हजार तथा बुद्ध एअरको माउन्टेन फ्लाइट टिकट प्राप्त गरिन् ।

यसैगरी, सशस्त्रका खेलाडीहरु नेविका चौधरी उत्कृष्ट सर्भर, उषा विष्ट उत्कृष्ट ब्लकर र बिनीता बुढाथोकी उत्कृष्ट सेटर घोषित भए ।

यस्तै, न्यू डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइक तथा नेपाल पुलिसकी कमला पुन उत्कृष्ट डिफेन्स भइन् । प्रशिक्षकमा सशस्त्रका सुदेश कुमार रिमाल उत्कृष्ट घोषित भए ।

तेस्रो स्थानका लागि भएको खेलमा न्यू डायमन्डले पश्चिमाञ्चललाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हरायो ।

विजेता सशस्त्रले एक लाख, दोस्रो भएको पुलिसले ६० हजार र तेस्रो भएको न्यू डायमन्डले ४० हजार रुपैयाँ पायो ।

from ARENA http://ift.tt/29qWkBS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top