Photo of Milford Sound in New Zealand

जेठ २५ । फ्रान्सका एक नागरिकले युरो कप फुटबल प्रतियोगितामा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ ।
गत महिना ठूलो मात्रामा हतियारसहित युक्रेनमा पक्राउ परेका २५ वर्षीय फ्रान्सेली नागरिक ग्रेगुआ मातोले युरो कप फुटबलमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएको अधिकारीहरुले जनाएका छन् ।
पक्राउ परेका व्यक्तिले पुल, बाटो, एक मस्जिद तथा यहुदीको पूजास्थललाई आफ्नो निशाना बनाउन चाहेको बताइएको छ ।
उनलाई युक्रेन र पोल्यान्डको सीमाबाट पक्राउ गरिएको थियो । पक्राउ परेका ग्रेगुआ मातोका साथबाट बन्दुक, डेटोनेटर तथा १ सय २५ किलो टिएनटी बरामद गरिएको थियो ।
युरोकप २०१६ मा इस्लामिक चरमपन्थीले आक्रमण गर्न सक्ने भन्दै फ्रान्सेली अधिकारीले सुरक्षा सतर्कता उच्च पारेका छन् । फ्रान्सका राष्ट्रपति फ्रान्वाँ ओलान्डले खतरा रहेको तर डराउनुपर्ने अवस्था भने नरहेको बताएका छन् ।


from ARENA http://ift.tt/1suKoHp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top