Photo of Milford Sound in New Zealand

असार २ । अल्बानियालाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
समूह ए अन्तर्गत दोस्रो चरणको खेलमा गएराति अल्बानियालाई २–० ले हराउँदै फ्रान्सले प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेल सकिन एक मिनेट बाँकी रहँदासम्म बराबरी भएको अवस्थामा फ्रान्सका एन्टोनियो ग्रेजम्यान र दिमित्री पायटले एक–एक गोल गर्दै टोलीलाई विजयी गराए ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको फ्रान्स अन्तिम १६ मा छानियो । यो समुहमा २ खेलबाट ४ अंक जोडेको स्विट्जरल्याण्ड दोस्रो स्थानमा छ ।
गएराति भएको खेलमा स्विट्जरल्याण्डले रोमानियासँग १–१ गोलको बराबरी खेल्यो । खेलको १८ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा बदल्दै रोमानियाका बोग्दान स्टान्चुले टोलीलाई अग्रता दिए । दोस्रो हाफको ५७ औं मिनेटमा स्विस टोलीका अद्मीर मेहेमेदीले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
युरो कप फुटबलअन्तर्गत समुह बी को खेलमा स्लोभाकियाले रुसलाई २–१ ले हराएको छ ।
खेलमा स्लोभाकियाका लागि भ्लादिमिर वाईज र मारेक ह्याम्सीकले एक–एक गोल गरे । रुसका डेनिस ग्लुसाकोभले एक गोल फर्काए ।
यो समुहको अर्को खेलमा आज साँझ पौने ७ बजे इङ्ल्यान्ड र वेल्स भिड्नेछन् । आजै बेलुकी समुह सी का दुई खेल पनि हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने १० बजे हुने खेलमा युक्रेन र नर्दन आयरल्याण्ड भिड्दा राति पौने १ बजे जर्मनीले पोल्याण्डसँग खेल्नेछ ।


from ARENA http://ift.tt/23cFKud
via IFTTT

0 comments:

Post a Comment

add

 
Top