Photo of Milford Sound in New Zealand

असार ५।  क्रिष्टियानो रोनाल्डोले देशका लागि कीर्तिमान खेल खेलिरहँदा पेनाल्टीमा गोल गर्न चुकेका छन् र युरो कपमा पोर्चुगल अष्ट्रियासँग बराबरीमा रोकिएको छ ।
आइतबार विहान भएको खेलमा पोर्चुगललाई अष्ट्रियाले गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । युरो कप २०१६ को समूह ईमा रहेको पोर्चुगलले पहिलो खेलमा पनि बराबरी खेलेको थियो ।
फ्रान्सको राजधानी पेरिसमा भएको खेलको ७८ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । उसका स्टार स्ट्राइकर रोनाल्डोको प्रहार अष्ट्रियाका गोलकिपर रोबर्ट अल्मेरले उत्कृष्ट बचाउ गरे ।
अष्ट्रियाले पोर्चुगलबाट एक अंक खोस्नुको मुख्य श्रेय किपर अल्मेरलाई नै जान्छ । उनले रोनाल्डोको हेडरदेखि नानीको प्रहारलाई असफल पारेका थिए ।
रोनाल्डोको कीर्तिमानी तर विर्सनलायक दिन
अष्ट्रियाविरुद्ध मैदान उत्रँदा नै रोनाल्डोले एउटा कीर्तिमान बनाए । यो भनेको पोर्चुगलका लागि १२८ औं क्याप । पोर्चुगलका लागि सबैभन्दा धेरै खेल खेल्ने राहुलको कीर्तिमानलाई उनले युरो कपको पहिलो खेलमा नै बराबरी गरेका थिए ।
२००३ मा काजकिस्तानविरुद्ध डेब्यू गरेका रोनाल्डोले आइतबार पोर्चुगलका लागि धेरै अन्तराष्ट्रिय खेल खेल्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाए । तर, उनको कीर्तिमान पेनाल्टी मिसले स्वत छायाँमा परेको छ ।
उनी आइसल्याण्डले सानो मानसिकता राखेको भन्ने टिप्पणीपछि नै विवादमा परेका थिए । आइतबार अष्ट्रियाविरुद्ध पोर्चुगललाई जित दिलाउन सकेको भए उनका आलोचकको मुख स्वत बन्द हुन्थ्यो । तर, उनले पेनाल्टी नै चुकाएका छन् । खेलका क्रममा उनका तीन गोल प्रयास सही दिशामा थियो । तर, विपक्षी किपरले रोकिदिए ।
समूह चरणको दुई खेल सकिादा हंगेरी ४ अंकसहित समूहको शीर्ष स्थानमा छ भने आइसल्याण्ड २ अंकसहित दोस्रो र पोर्चुगल पनि समान २ अंकसहित तेस्रो स्थानमा छ । पुछारमा रहेको अष्ट्रियाको एक अंक छ ।


from ARENA http://ift.tt/1XwEjqI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top