Photo of Milford Sound in New Zealand

 असार ५।  फ्रान्सलाई बराबरीमा रोक्दै स्विट्जरल्याण्ड युरोकप २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार विहान भएको समूह एको खेलमा स्विट्जरल्याण्डले घरेलु टोली फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको हो । यससँगै फ्रान्स समूह विजेता बनेको छ भने स्विस टिम समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।
फ्रान्सले खेलमा टिममा पाँच परिर्वतन गरेको थियो, जसमा पल पोग्बो फस्ट ११ मै परे । र, पहिलो हाफमा उनको प्रहार दुई पटक पोष्टमा लागेर फर्किएको थियो ।
तर, लगातार दुई जित दिलाउने क्रममा स्टार बनेका दिमित्री पयेटलाई भने बैकल्पिक खेलाडीमा राखिएको थियो । ६३ औं मिनेट कोम्यानको स्थानमा मैदान प्रवेश गरेका उनले भली पनि क्रसबासमा लागेर फर्किादा घरेलु समर्थक चुकचुकाए ।
इन्जुरी समयमा फ्रान्सका साग्नाले क्लेरिम जमाइलीलाई धकेलेपछि स्विट्जरल्याण्डले पेनाल्टी पाउन सक्थ्यो तर, रेफ्रीले दिएनन् । यदि यो पेनाल्टी दिइएको भए स्विट्जरल्याण्ड समूह विजेता बन्ने सम्भावना रहन्थ्यो ।
यद्यपि चार पटकको प्रयासमा स्विटजरल्याण्ड पहिलो पटक युरो कपको नकआउट चरणमा पुगेको छ ।
२०१४ को विश्वकपमा ५-२ ले पराजित भएको स्वीट्जरल्याण्डले दुई वर्षपछि त्यही टोलीविरुद्ध राम्रो खेलेको छ । उसको बल पोजिसन ५८ प्रतिशत थियो । खेलमा उसका छ शट्स थियो, जस मध्ये तीन विपक्षी किपरले रोके भने तीन सही दिशामा थिएन । फ्रान्सको भने शट्स १४ थियो, जसमध्ये चार सही दिशामा थियो ।


from ARENA http://ift.tt/21up6Vr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top