Photo of Milford Sound in New Zealand

जेठ ३० । पाराग्वेलाई हराउँदै संयुक्त राज्य अमेरिका कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
आज बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई १–० ले हरायो । खेलमा आयोजक अमेरिकालाई विजयी गराउन क्लिन्ट डेम्पसेले २७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
दोेस्रो हाफको सुरुमै अमेरिकाका डिआन्द्रे यड्लीनले रातो कार्ड खाएपछि अमेरिका १० जनामा समेटिएको थियो । यद्यपी पाराग्वेले त्यसको फाइदा लिन भने सकेन ।
आजको जितसँगै अमेरिकाले तीन खेलबाट ६ अंक जोड्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । यही समुहको अन्तिम खेलमा अहिले कोष्टा रिकाले कोलम्बियाको सामना गरिरहेको छ ।
यसअघिका लगातार दुई खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको कोलम्बियाका लागि आजको खेल समुह विजेता बन्ने अवसरको रुपमा रहेको छ ।


from ARENA http://ift.tt/1ZHEHR9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top