Photo of Milford Sound in New Zealand

किशोरावस्थाको १८ वर्षसम्म तनाब र समस्या कति पनि हुन्न सबै कुरा हाम्रो परिवारले हेरिदिएको हुन्छ । त्यसैले यो पल जिन्दगीको सबैभन्दा रमाईलो पल हो । त्यो बेलामा हाम्रो करियर खासै सुरु भएको हुँदैन । सबै कुरा रमाईलोसँग बितेको हुन्छ । स्कुल सकेर कलेज जाने समयमा कुन विषय लिएर पढ्ने भन्ने कुरा मुख्य हुन्छ । यो उमेरमा परिवारको कुरा भन्दा पनि आफ्नो कुरा राम्रो लाग्छ, आफ्नो कुरा सही लाग्छ । हामीले गरेको सबै कुरा सहि लागेकै कारण यो बेलामा केटीले धेरै केटा साथी बनाउने, केटाले केटीसाथी बनाउने, घुम्न जाने रमाईलोमा नै बितेको हुन्छ । किशोरावस्था महत्वपुर्ण अवस्था हो ।

यस अवस्थामा तपाईले सकारात्मक र नकारात्मक बाटो छुट्याउन सक्नुपर्छ । सानोमा मलाई चलचित्रमा खेल्ने माधुरी दिक्षित जस्तो कपाल उडाउने रहर धेरै थियो । तर म काली छु हुँदैन होला जस्तो पनि लाग्थ्यो। अनि आफ्नो अध्ययनलाई अगाडि लैजादै गर्दा, कामहरु गर्दै जाँदा मान्छेलाई अनुहारले हैन कामले राम्रो बनाउदोँ रहेछ भन्ने कुरा थाहा भयो, अनि कहिले पनि म नराम्री छु भन्ने लागेन।

किशोरावस्थामा हुँदा डाक्टर देख्दा यस्तै डाक्टर बन्छु भन्ने सोच्ने अनि इन्जिनियर देख्दा इन्जिनियर नै बन्न मन लाग्ने । एयरहोस्टेज देख्दा त्यही बन्न मन लाग्ने जसलाई देख्यो पछि म पनि यस्तै बन्छु जस्तो सोच हुने । त्यो बेलाको उमेर भनेकै त्यस्तै रैछ । मलाई टिभी देख्यो की यो टिभीमा देखिनको लागि के गर्नु पर्ने होला म कसरी त्यो ठाँउ सम्म पुग्ने भन्ने कुराचै जहिले लागि रहन्थ्यो।

अभिनय र डान्स मलाई धेरै मनपर्ने सानै देखी यही क्षेत्रमा लाग्छु भन्ने सोच रहेको थियो । चलचित्र,संगीत अनि फेसनमा लाग्ने रहर हुने किशोर किशोरीको लागि अझै पनि परिवारले खुलेर सर्पोट गर्न सकेको छैन । अर्थात यो क्षेत्रबाट पनि लाईफ राम्रो हुन्छ भन्ने कुरा परिवारलाई अझै पनि विश्वास लागेको छैन । तर त्यो बेलामा पनि मेरो परिवार त्यस्तो थिएन एकदमै सहयोग गर्ने परिवार हो मेरो । चाहेको कुरा गर्न नदिएका कारण कति किशोर,किशोरीहरु रिसको झोकमा घर छोडेर हिड्ने गर्नुहुन्छ त्यस्तो नगर्नु होला । आफ्नो अभिभावकलाई बुझाउने प्रयास गर्नुस्। आफ्ना सन्तानका चाहना अनुसार नै काम गर्ने रहर सबै अभिभावकको हुन्छ ।

आज भन्दा १० वर्ष पहिले नेपालमा चलचित्रको बारेमा राम्रो अथवा अभिनयको विषय पढ्ने स्कुल थिएन । तर मेरो रहर, चाहना भनेको यही थियो । म चलचित्रमा काम गर्न चाहन्थें तर नेपालमा यस विषयमा पढाई हुने स्कूल थिएन । अनि मैले मेरो परिवारलाई मेरो पढाई, मेरो रुचिबारे जानकारी गराएपछि मलाई पढ्नको लागि बाहिर पठाउनु भएको हो । आफ्नो उदेश्य के लिएर हिड्नु भएको छ, त्यसमा एकदमै मेहेनत गर्नुस् । मैले पनि त्यसरी नै मेहनत गरे । नेपालमा पनि यो फिल्म क्षेत्र विस्तारै विकास हुँदै गयो र म मेरो देशमा आएर राम्रोसंग काम गरिरहेको छु । राम्रो भइरहेको पनि छ । म पनि खुशी मेरो परिवार पनि मेरो काम देखेर खुशी हुनुहुन्छ ।

ब्वायफ्रेण्डसँग कुरा गर्दा पिटाई खाए
मेरो पनि त्यो बेलामा ब्वायफ्रेण्ड थियो । परिक्षा चलिरहेको थियो । पढ्नुपर्ने बेलामा मोबाइलमा व्यस्त हुँदा पिटाई खाएँ । अनि “पखलास् अब यो परीक्षा सकेपछि घर छोडेर जान्छु” भन्ने लागेको थियो । तर घर नै छाडेरे हिड्नु भनेको चै नराम्रो कुरा हो भन्ने अहिले आएर थाहा भयो । त्यसैले किशोरावस्थाको बेलामा हामीले सकेसम्म आफुभन्दा ठूलोले भन्नुभएको कुरालाई मान्नुपर्छ । यसले हामीलाई सकारात्मक बाटोमा हिड्न सिकाउँछ

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tviXRw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top