Photo of Milford Sound in New Zealand

काठमाडौं, १२ असार । सिमा सुवेदीले नेपालीहरुलाई गालि गरेको भिडियो भाइरल भएपछि अभिनेत्री करिश्मा मानन्धरले मुख खोलेकी छन् । मानन्धरले सामाजिक संजाल फेसबुकमा प्रतिक्रिया जनाउँदै सुवेदीको फेसबुक पोस्ट पछि नेपालीमा कति एकता छ भन्ने पुष्टी भएको बताएकी छन् ।

सुवेदीलाई जवाफ फर्काउन नेपालीहरुले भिडियो पोस्ट गर्ने बाडी चलेका बेला नायिका मानन्धरले हरेक नेपालीले देशलाई कति माया गर्छन र राष्ट्रको लागि ज्यान नै दिन्छन् भन्ने कुरा पुष्टी भएको बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘सिमा सुवेदीले फेसबुफ पोस्ट मा हामी नेपाली प्रति जुन शब्द प्रयोग गरिन्। त्यस पछि हामी नेपालीमा कति एकता छ र देश को लागि हरेक नेपाली को कति मायाँ छ । साथै हरेक नेपाली आफ्नो राष्ट्रको निमित्त आफ्नो ज्यानै दिन सक्छन भन्ने कुरा छर्लङ्ग भएको छ ।’

उनले नाकाबन्दी र भुकम्प जाँदा पनि नेपालको एकता र एकअर्कालाई गरेको सहयोगले त्यो कुरा पुष्टि भइसकेको भन्दै यो एकता राजनीतिज्ञहरुका लागि ठूलो सन्देश हुन सक्ने उल्लेख गरेकी छन् ।

‘हुनत नाकाबन्दी र भुकम्प जादा हामी नेपालीको संयमता र एकाअर्कालाई गरेको सहयोग ले त्यो पुष्टि भैसकेको छ । देश का राजनीतिज्ञ हरु को लागि यो ठुलो सन्देश हुन सक्छ,’ उनले भनेकी छन्, ‘जनतामा एकता छ । उहाँहरु आफ्नो देश अरु देशको दाजो मा हेर्न चाहानुहुन्छ कुनै नेपाली हेपाई सहन सक्दैनौं । सचेत र समर्पित हुनुहुन्छ हरेक नागरिक । यसो हुँदाहुँदै पनि कहाँनेर कमजोरी भयो ? ’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sGJcUk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top