Photo of Milford Sound in New Zealand

काठमाडौं, १३ असार । हामी सबैलाई थाहा छ, कसैले गल्ती गरेको खण्डमा प्रहरीले पक्राउ गर्छ र हथकडी लगाएर नियन्त्रणमा लिन्छ । प्रहरी बाहेक अरुले हथकडी बोक्ने र लगाइदिने कार्य गर्न पाउँदैनन् । अहिले नायक पल शाह र नायिका पूर्जा शर्मालाई हथकडी लगाइदिएको तस्विर सार्वजनिक भएको छ ।

सो तस्विर सार्वजनिक भएसँगै उनीहरुका फ्यानहरु हैरानीमा परेका छन् । किन लगाइयो पल र पूजालाई हथकडी ? यही प्रश्नले उनीहरुका फ्यानहरु हैरानीमा परेका हुन् ।

तर, उनीहरुलाई हथकडी वास्तविक जीवनमा लगाइएको हो । चलचित्र ‘म यस्तो गीत गाउँछु’मा आफ्नो भूमिका निर्वाह गर्नेक्रममा लगाइएको हो ।

सो चलचित्रको सार्वजनिक भएका ट्रेलर र गीतमा उनीहरुलाई हथकडी लगाइएको दृश्य नदेखाइएपनि पोष्टर भने देखाइएको हो । उक्त पोष्टर सार्वजनिक भएपछि फ्यानहरु किन लगाइयो उनीहरुलाई हथकडी भन्ने जिज्ञासा मेट्न चलचित्र रिलिजलाई पर्खेर बसेका निर्माणपक्षको भनाइ छ ।

यही असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । medianp.tv

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ucTolc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top