Photo of Milford Sound in New Zealand

काठमाडौं । बम हातले समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्री जनार्दन शर्माले फोन गरेर बधाई दिनु भएको छ ।अन्नपूर्ण पोस्ट्डटकममा पहिलो पटक समाचार सार्वजनिक भएपछि गृहमन्त्रीले रानालाई फोन गरेर बधाई दिनु भएको हो। गृहमन्त्री शर्माले हवल्दार रानालाई सम्मान गर्ने समेत घोषणा गर्नु भएको छ। यसैबीच बुधबार नै रानालाई स्थानीयले नागरिक अभिनन्दन समेत गरेका छन्। आफूलाई जोखिममा राखेर मानवीय क्षति जोगाएको तथा स्थानीयको सुरक्षा गरेको भन्दै नागरिकले अभिनन्दन गरेका हुन्।

यी हुन् बम हातले समातेर फाल्ने प्रहरी हवल्दार राना

गृहमन्त्रीको बधाई खाने भाग्यमानी प्रहरी हवल्दार दुर्गाबहादुर राना संगठन भित्रका गुमनाम पात्र हुन्। तर, उनी बुधबार एकाएक चर्चाको शिखरमा पुगे। कारण, ज्यानको बाजी लगाएर मतदान स्थलमा अज्ञात समूहले फालेको बम भूइँमा खस्न नपाउँदै हातले समातेर बाहिर फालेर धेरैको ज्यान मात्र जोगाएनन् प्रहरीको उपस्थित भएपछि मतदान स्थल सुरक्षित हुन्छ भन्ने प्रमाण समेत प्रस्तुत गरे।

उनी चुनावमा थप मद्दतका लागि काठमाडौंको पहरागणबाट सात दिन अगाडि मात्रै तुल्सीपुर खटिएका हुन्। राना जहाँ थप मद्दका लागि पुगे त्यो संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्यालको गृह जिल्ला हो। बुधबार स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रमा भएको घटनाले राना चर्चाको शिखरमा छन्। सामाजिक सञ्जालदेखि आम सञ्चारमाध्यममा राना स्याब्बासीको पात्र बनेका छन्।

संगठन भित्रै एउटै दर्जाका अन्य सदस्यको मानसपटलमा समेत नभएका रानाले देखाएको बहादुरीका कारण उनी धेरैका स्याब्बासीका पात्र बनेका हुन्। सुन्दै ‘फिल्मी’ जस्तो लाग्ने यो घटना राना र उनका परिवारका लागि अभिशाप पनि बन्न सक्थ्यो। तर, रानाको साहसले बमलाई जितिदियो। उनले फालेको बमले कुनै मानवीय क्षति गरेन तर भूइँमा फालेको दुई सेकेण्डमै पड्कियो।

रानाको यो बहादुरी सुनेर संगठनकै पूर्व प्रमुखदेखि बहालवाला उच्च अधिकृतले समेत सामाजिक सञ्जालमा प्रशंसा गरेका छन्। पूर्व प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह फेसबुकमा लेख्नुहुन्छ,‘ यस्तो पो साहस।’ नेपाल प्रहरीकै प्रहरी नायव महानरीक्षक विजयलाल कायस्थले पनि रानाको साहसलाई उच्च सम्मान गर्नुभएको छ। ‘अ विग स्यालुट अफ दि हिरो’ कायस्थ लेख्नुहुन्छ।

दुवईमा बसेर काम गरेका नेपाली कामदारहरुले समेत रानाको प्रशंसा गरेका छन्। अर्घाखाँची घर भएर दुवैमा काम गरिरहनुभएका राजु खड्का लेख्नुहुन्छ, ‘मानिसहरुले उनलाई मूर्ख भन्लान् तर रानाको बहादुरीको उच्च सम्मान हुनुपर्छ भन्ने नेपाल सरकार समक्ष हाम्रो माग हो। राना लाई उक्त प्रशंसनीय कामको लागि धेरै धेरै धन्यवाद।’हातले बम फाल्ने हवल्दारलाई पूर्व आइजीपीको ‘बिग स्यालुट’

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार रानाले समातेको बम सुतली बम हो। ‘मतदानस्थल भित्रै पड्कीएको भए केहीको ज्यान जानसक्थ्यो र केही घाइते हुन्थे, ज्यानको बाजी लगाएर रानाले गरेको काम ज्यादै प्रशंसनीय हो’, एसपी सिंह भन्नुहुन्छ।
अज्ञात समूहले फालेको बम भूँइमा नखस्दै हवल्दारले समातेपछि।

को हुन् राना ?

सल्यान घर भएका राना २०६० पुस नौ गते प्रहरी जवानमा भर्ना भएका हुन्। प्रहरीमा प्रवेश गरेको १३ वर्षपछि हवल्दारमा बढुवा भएपछि उहाँको बढुवा भएको छैन। प्रहरी प्रवेशसँगै उनी निरन्तर पहरा गणमै दरबन्दी रहेर काम गर्दै आएका छन्।

उनले हालसम्म न कुनै कारबाही भोगेका छन् न पुरस्कारै पाएका छन्। भिड नियन्त्रण र आधारभूत तालिम लिएका रानाले हालसम्म २०६० पछिका काठमाडौंका ठूला राजनीतिक आन्दोलनमा ड्युटी गर्दै आएका छन्। उनले एसएलसीसम्मको अध्ययन गरेका छन्। अन्नपुर्णमा खबर रहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2soKa4n
via IFTTT

0 comments:

Post a Comment

add

 
Top