Photo of Milford Sound in New Zealand

असार १६ काठमाडौँ । काठमाडौँ उपत्यकामा निमार्ण सम्झौताअनुसार पाइप लाइन बिस्तारको काम ९० प्रतिशत सम्पन्न भएको छ । ६१ किलोमिटर थोक वितरण प्रणालीमध्ये अति जरुरी ५२ कि.मि.मा पाइप लाइन बिछ्याउने काम सकिएको हो । थोक वितरण प्रणालीमा ५० कि.मि.भन्दा बढी पाइप बिछ्याइएको मेलम्ची खानेपानी आयोजना–२ को आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

चावहिल क्षेत्र, सहिदगेटदेखि त्रिपुरेश्वर, सहिदगेटदेखि माइतीघरसम्म र जाउलाखेल क्षेत्रमा पाइपलाइन बिछ्याउन बाँकी छ । जाउलाखेलमा झन्डै ३ सय मिटर क्षेत्रमा पाइप बिछ्याउन बाँकी छ ।

यस्तै वितरण प्रणालीअन्तर्गत ६ सय ७० किलोमिटर सम्पन्न गर्नुपर्नेमा ६ सय कि.मि. पाइपलाइन जडान भइसकेको छ । अहिले वितरण प्रणालीको काम ज्ञानेश्वरमा भइरहेको छ । पाटन, ठमेललगायतका क्षेत्रहरुमा पनि काम जारी छ । मेलम्चीबाट आएको प्रशोधित पानी वितरणका लागि पूर्वाधार निमार्णको जिम्मा पाएको आयोजना कार्यान्वयन निर्देशनालयले असोजसम्म सम्पूर्ण काम सक्ने जनाएको छ । ३ चरणमा गरी एसियाली विकास बैङ्कको २६ अर्ब लगानीमा यो आयोजना सम्पन्न हुन लागेको हो ।

६ पानी पोखरी, ५ सम्पन्न

काठमाडाँै उपत्यकाको चक्रपथभित्र सर्वसाधारणको घरमा पानी पठाउनका लागि आवश्यक ६ वटा पानी पोखरीमध्ये ५ ओटा निमार्ण सम्पन्न भइसकेको छ । निमार्ण भइरहेको एउटा पानी पोखरीको २५ प्रतिशत काम सम्पन्न भएको छ ।

यस्तै ८५ हजार धारा जडान गर्नुपर्नेमा ३७ हजार घरमा जडान गरिसकेका आयोजनाका प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

असोजमा काठमाडौँमा पानी आउने योजना भएअनुसार असोजसम्म पाइपलाइन विस्तारको अधिकांश काम सम्पन्न भइसक्ने उनको भनाइ छ ।

अत्याधुनिक वितरण प्रणाली

पानी वितरणको अवस्था कस्तो छ, कुन ठाउँमा पानी चुहावट भयो, कसको धाराबाट कति लिटर पानी झर्यो सबै जानकारी एउटै कोठाबाट जानकारी लिन सकिने प्रणाली व्यवस्था गर्न लागेको आयोजनाले जनाएको छ । यसका लागि टेन्डर प्रक्रिया पनि सुरु गर्न लागिएको छ ।आयोजना प्रमुख खत्रीले भने– ‘यो प्रणालीलाई अटो मेसन सिस्टममा लगिनेछ । एउटा कन्ट्रोल रुममा बसेर सबै कुरा हेर्न सकिने प्रणाली स्थापना गर्न लागिएको हो । जसले खानेपानीको पाइपलाइनमा कहाँ समस्या छ, त्यसबारे एउटा कन्ट्रोल रुममा बसेर हेर्न सकिन्छ ।’

पानी वितरण प्रणालीमा १ सय २० वर्षभन्दा बढी पुराना पाइपलाइन समेत छन् । जीर्ण तथा खिया लाग्नुका साथै अन्य विविध कारणले पानीको चुहावट बढिरहेको छ । पुरानो पाइपलाइन सञ्जाललाई अब नयाँ पाइप लाइनले विस्थापित गर्नेछ, जसले पानीको चुहावट कम हुने अपेक्षा गरिएको छ ।

६ वटा पानी सङ्कलन केन्द्र

काठमाडौँको चक्रपथभित्र ६ वटा पानी सङ्कलन केन्द्रमा ५० हजार क्युविक मिटर पानी अट्ने छ ।

चक्रपथ बाहिर भक्तपुरको कटुञ्जे, ठिमीको टिगनी र कीर्तिपुरमा अलग अलग थप पानी सङ्कलन केन्द्र निमार्णको काम भइरहेको छ । चक्रपथ बाहिरका पानी सङ्कलन केन्द्रमा १५ हजार क्युविक क्षमतामा पानी भण्डारण हुनेछ ।

पहिलो चरणमा १७ करोड पानी पानी काठमाडौँ आउनेछ भने दोस्रो र तेस्रो चरण गरेर ५१ करोड लिटर पानी काठमाडौँ आउने छ । मेलम्चीबाट १७ करोड लिटरका साथै याङ्री र लार्के खोलाको पानी जोडेर ५१ करोड पानी ल्याउने लक्ष्य राखिएको हो ।

दैनिक ४ घन्टा पानी

पहिलो चरणमा मेलम्चीबाट दैनीक १७ करोड लिटर पानी काठमाडौँ आएपछि काठमाडौँबासीको घरमा दैनिक कम्तीमा ४ घण्टा पानी आउँनेछ । यस्तै दोस्रो र तेस्रो चरणको आयोजना सम्पन्न भएपछि २४ घन्टा उपभोक्ताको घरमा पानी आयोजना प्रमुख खत्रीले जानकारी दिए ।याङ्री र लार्के खोलाबाट मेलम्चीसम्म पानी ल्याउन १० किलोमिटर सुरुङ्ग खन्नुपर्ने हुन्छ ।

त्यसका लागि दातृ निकाय एसियाली विकास बैङ्कसँग कुरा भइरहेको छ ।

पाइपलाइन विस्तारका समस्या

पाइपलाइन बिछ्याउनका लागि सडक खन्दै जाँदा सडकमुनि ढल तथा खानेपानीको पाइपलाइन भेटिँदा अवरोध र्सिजना हुने गरेको छ । आयोजना प्रमुख तिरेश खत्रीले भने– ‘सडकमुनि विद्युत प्राधिकरणको तार छ, नेपाल टेलिकमको तार छ, त्यसबारे कुनै सङ्केत तथा रेखाङ्कन छैन । न त सम्बन्धित निकायसँग नै छ । सडकमुनि के भन्ने भन्ने सङ्केत नहुँदा विभिन्न ठाउँमा काममा अवरोध हुने गरेको छ ।’

टेलिकम, विद्युत प्राधिकरणसँग समन्वय गर्ने गरेको तर उनीहरुलाई पनि त्यसबारे जानकारी नहुने गरेको उनले बताए । जसले गर्दा बढी समय र खर्च बढी लाग्ने भएको छ ।

यता सडकमा काम गर्नका लागि टेन्डर आह्वान गर्दा प्रतिस्पर्धाका लागि विदेशी कम्पनी आएका भए पनि नेपाली निर्माण व्यवसायीले काम गरिरहेका छन् । निमार्ण व्यवसायीले समयमा काम नगरिदिँदा हिलो, धुलोका कारण पैदल यात्री, ट्राफिकलाई समस्या परिरहेको छ ।

पाइप लाइनमाथि अस्थायी कालोपत्रे
चक्रपथभित्रका मुख्य र व्यस्त मानिएका १८ किलोमिटर सडक खनेर पाइपलाइन बिछ्याउनुपर्नेमा हालसम्म १६ कि.मि.मा काम भएको छ । जसमध्ये १४ किलोमिटरमा अस्थायी कालोपत्र गरिएको छ । वर्षायाममा हिलो हुने भएकाले बाँकी स्थानमा पनि अस्थायी कालोपत्रे गरिने आयोजना प्रमुख खत्रीले जानकारी दिए ।
मेलम्चीबाट काठमाडौँमा पानी आएपछि पानीको थोक तथा वितरण प्रणाली परीक्षण गर्नुपर्ने भएकाले अस्थायी कालोपत्रे गरिएको हो । अहिले पनि ट्याङ्करबाट पानी हालेर जाँच गर्ने काम भइरहेको छ । मेलम्चीको पानी आएपछि पूरै पाइपलाइन जाँच गरेर मात्र सडक पिच गर्ने आयोजनाको योजना रहेको छ । बागमतीको पानी प्रशोधन भइरहेको र त्यो पानीले भ्याएसम्म मेलम्चीको पाइपलाइन सफा गरिने भएको हो ।

काठमाडौँमा पानी आएको ३ महिनापछि मात्र उपभोक्ताको धारामा

मेलम्चीको पानी काठमाडौँ आउने बित्तिकै घरघरमा पानी पुग्छ भन्ने सोच्नुभएको छ भने त्यस्तो नहुने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार मेलम्चीको पानी काठमाडौं आएपछि तुरुन्तै उपभोक्ताको धारामा झर्दैन । त्यसका लागि दुई तीन महिना कुर्नुपर्ने हुन्छ । पाइपलाइनको सञ्जालभित्र रहेको फोहोर पूर्णरुपमा नहटेसम्म उपभोक्ताको घरमा पानी नपठाइने भएको छ ।

आयोजना प्रमुख तिरेश खत्रीले भने– ‘पाइपभित्र सर्प पसेको होला, मरेका जनावरहरु होलान त्यसलाई पूर्णरुपमा सफा गरेपछि मात्र उपभोक्ताको घरमा पानी पठाउँछौँ । पाइपलाइन सफा गर्न कम्तीमा पनि दुई तीन महिना लाग्छ ।’

निर्धारित योजनाअनुसार असोजमा मेलम्चीको पानी काठमाडौँ आयो भने उपभोक्ताको घरमा पुसदेखि पानी वितरण हुनेछ ।

मेलम्ची खानेपानी आयोजनाको झन्डै ३ किलोमिटर सुरङ खन्न बाँकी छ । यो आयोजना सम्पन्न भएपछि काठमाडौँमा दैनिक १७ करोड लिटर पानी आउनेछ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsoHfa
via IFTTT

0 comments:

Post a Comment

add

 
Top