Photo of Milford Sound in New Zealand

काठमाडौं, असार ९ – शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकाएक धुँवाको मुस्लो देखिने छ । सडकमा एम्बुलेन्सको साइरन सुनिनेछ, विमानस्थलबाट हेलिकप्टर ग्राण्डी अस्पतालतिर जाने छ ।

यो सबै कुनै दुर्घटनाके कारण नभई दुर्घटना भएमा कसरी उद्धार गर्ने भन्ने अभ्यासका लागि हो । दुर्घटनामा परेको विमानभित्रका मानिसको कसरी उद्धार गर्ने भनेर शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभ्यास गरिँदै छ । अभ्यासका लागि दिउँसो साढे ४ बजेदेखि ५ बजेसम्म विमानस्थलबाट हुने सबै उडान बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ ।
यसरी हुन्छ अभ्यास

कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार साढे ४ बजे श्यामापुर भन्ने ठाउँबाट आएको चालक दलसहित १ सय ८० जना अटाउने एयर बस ३३० को इन्जिनमा आगो लाग्छ । त्यसपछि धावनमार्गमा रोकिन नसकेपछि विमानमा ठूलो आगो लाग्छ ।

विमानमा आगो लागेपछि त्यहाँभित्र रहेका १ सय ८० जनाको कसरी उद्वार गर्ने भनेर संकटकालीन योजनासम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको उहाँले बताउनुभयो । अभ्यासको बेलामा विमानस्थलमा काठमाडौं, ललितपुर र भक्तपुरका दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स हुने तथा अरु हवाई सुरक्षासम्बन्धी विविध गतिविधि हुने उहाँले जानकारी दिनुभयो ।

अभ्यासको बेलामा विमानमा आगो लाग्ने भएकाले विमानस्थल आसपासमा धुँवाको मुस्लो देखिने भन्दै नआत्तिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

अभ्यासको क्रममा एक जनालाई दुर्घटनाग्रस्त विमानबाट निकालेर हेलिकोप्टरबाट काठमाडौंको ग्राण्डी अस्पतालसम्म पुर्‍याइने छ ।

अभ्यासको क्रममा विमानस्थलबाट हुने सबै उडान ठप्प हुने प्रवक्ता ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) प्रावधानअनुसार हरेक २/२ वर्षमा गर्नुपर्ने विमानस्थलभित्रको हवाई सुरक्षा व्यवस्थासम्बन्धी अभ्यास गर्न लागिएको हो ।

दुई वर्षअघि विमानस्थलभित्र भएको यस्तो अभ्यासका क्रममा काठमाडौंका बासिन्दाले विमानस्थलभित्र ठूलो हवाई दुर्घटना पो भयो कि भनेर डराएको भन्दै यो वर्ष विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रु एवं सर्वसाधारणलाई समयमै जानकारी गराइएको हो । (आइकाओ) को मापदण्डअनुसार गरिने यो योजनाबद्ध अभ्यास मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ ।ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t1Sjjx
via IFTTT
22 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top