Photo of Milford Sound in New Zealand

काठमाडौं, असार १२ – थिएटर हुँदै सिनेमामा आएका अभिनेता खगेन्द्र लामिछानेलाई सेलिब्रेटी भइकन पनि सेलिब्रेटी जीवन जिउन मन पर्दैन ।

साधारण जीवन जिउन मन पर्ने लामिछाने साधारण परिवारबाट आएकै कारण पनि उनी आफूलाई हाइफाई दिएर लक्जरी जीवन भन्दा साधारण मान्छे भएर धर्तीमा टेकेर जिउन मन पर्ने बताउँछन् । यहाँसम्मकी लामिछानेले जीवनको विशेष दिनलाई पनि सामान्य तरिकाले मनाएका छन् । त्यो हो उनको विवाह । प्रेमीका रोजीना सिटौलासँग केही वर्षअघि सामान्य तरिकाले उनले मन्दिरमा विवाह गरे ।

विवाहपछि दुई जनाले कफी खाएर विवाहलाई स्पेसल बनाएको खगेन्द्र सम्झन्छन् । लामो समय विविसी नेपाली सेवामा ‘कथा मीठो सारङ्गीको’ नाटक लेखनको काम गरेका खगेन्द्रले देशका विभिन्न भू–भाग घुमेर समाज बुझ्ने मौका पाएका थिए । त्यही सिकाइबाट पनि उनी साधारण सोचमा जीउन मन पराउँछन् ।

तर एउटा कलाकार भइकन पनि तपाईँले विवाह सामान्य तरिकाले गर्नुको कारण के ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘म सानैदेखि जब बुझ्ने भएँ मलाई दाइजो प्रथा फिटिक्कै मन पर्दैनथ्यो । म यसको विरोधी थिएँ । यहि कारण मलाई सामान्य तरिकाले विवाह गर्न मन लाग्थ्यो । मलाई अरुले दिएको उपहार लिन एकदमै अप्ठ्यारो लाग्छ । हुन त मानिसहरुले सद्भावले, राम्रो मनले नै दिन्छन् उपहार । तर मलाई भने त्यो उपहार लिन बडो अप्ठ्यारो लाग्छ । मैलै पैला–पैला पत्रिकाहरु पढ्थेँ । अनि त्यसमा दाईजोको कारण घटेका घटनाहरु देखेर साह्रै चित्त दुख्थ्यो । यहि कारण मैलै विवाहलाई सामान्य तरिकाले गर्ने सोच राखेर अघि बढेको थिएँ । खगेन्द्र अगाडि थप्छन्, मेरो मनमा के विचार पलाएको थियो भने, ‘कमसे कम म यो प्रथा रोक्न नसकुँला तर म चाहिँ यस्तो गर्दिन ।’ त्यस माथि मैलै जीवन साथी पनि त्यस्तै पाएँ । उहाँले पनि मलाई हरेक कुरामा साथ दिनु भयो । हामीले दुवैको सहमती पछि नै सामान्य तरिकाले विवाह गरेका हौँ । हाम्रो मात्रै हैन हाम्रो मन मिलिसकेपछि फेरि हामीले दुवै परिवारबाट पनि सहमती लियौँ । दुवै परिवारले सहमती दिईसकेपछि हाम्रो विवाह भयो । पहिले देखि नै म मा हामी दुई जना मात्रै गएर विवाह गर्ने चाहना थियो । त्यो कुरा पूरा पनि भयो ।’
यस कारण मन परिन् रोजीना

त्यस्तै कुराकानीका क्रममा खगेन्द्रले आफूलाई श्रीमती रोजीना सिटौलाका तीनवटा कुराले आकर्षित गरेको बताए । उनका अनुसार रोजीना अनुशासित, ईमान्दार र सहयोगी मनकी छिन् ।

उनले खगेन्द्रलाई हरेक दुःखमा साथ दिँदै आएकी छिन् । धेरैलाई उनीहरुको विवाह भएको केही वर्ष जस्तो लाग्छ । तर खगेन्द्र यो क्षेत्रमा संघर्ष गरिरहेको समयमा पनि रोजीना उनकै साथमा थिइन् ।
सिनेमासँगै जागिरमा व्यस्त रोजिना

रोजीना सिनेमा निर्माता हुन् । उनले टलकजंग भर्सेज टुल्के, पशुपति प्रसाद लगायतका सिनेमाहरुको निर्माण पनि गरिसकेकी छन् ।

निर्माताको अलावा उनी जागिरे पनि हुन् । उनी मार्टिन चौतारी नामक संस्थामा त्यहाँको एडमिन फाइनान्स चिफ भएर काम गरिरहेकी छिन् ।

उज्यालो र forseenetwork.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2thTjk8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top