Photo of Milford Sound in New Zealand

एजेन्सी । मानीस सबैको मनमा उठ्ने प्रश्न हामि किन जन्मन्छौ अनि किन मर्छौ ? जन्मेको किन होला ? आफै जानी जानी जन्मेको त पक्कै होईन होला ? जन्मको प्रयोजन के होला ? यत्रो दुख दिनुथियो भने किन जन्मेको ? के अर्थ छ यो सुख दुख भोग्नमा ? कस्ले गराएको होला यस्तो ? हामि सबैको मनमा जिज्ञासा लाग्नु स्वाभाविकै छ ।

हामि यो दुनियालाई भोग्न जन्मिएका हौ र सबैथोक भोग्न यहाँ मात्र पाईन्छ । नर्कको भोग गर्न पनि यहा पाईन्छ, स्वर्गको भोग गर्न पनि यहाँ पाईन्छ र बैकुण्डको भोग गर्न पनि यहाँ पाईन्छ । मरेपछि पाईन्न,मरे पछि कुनै भोग नै हुदैन । भोग्नको लागि शरिरको आवस्यक्ता पर्दछ ।

सफ्टवयरले काम गर्नको लागि हार्डवयर चाहिन्छ । हार्डवयर भएन भने जतिसुकै राम्रो सफ्टवयर पनि अर्थहिन हुन्छ त्यसैले सबैकुरा भोग्नको लागि शरिर आवस्यक छ र हामि सबै लोकहरु भोग्नका लागि यहाँ आएका हौ । जिउदो छदै बैकुण्ठको भोग पनि गर्न सकिन्छ ,स्वर्गको पनि सकिन्छ र नर्कको पनि भोग गर्न सकिन्छ । मृत्यु पछाडि हाम्रो मन,हाम्रो सस्कार,हाम्रो स्वभाव सबै बिज बनेर बस्छ ।

हाम्रो चेतनाको कहि अन्तरमा हाम्रो मन बिज बनेर बसेको हुन्छ र फेरि अर्को शरिर लिएपछि बिस्तारै हाम्रो मन प्रश्फुटन हुन्छ । बिज फेरि बिरुवा बन्न थाल्छ र यहि बिरुवामा पुर्व जन्मको सस्कार,पुर्व जन्मको सुखदुख,पुर्वजन्मको कमाई उत्पन्न हुन्छ र यसैलाई हामि भाग्य भन्दछौ । भाग्यको भोग गर्नको लागि शरिर लिन आवस्यक छ त्यहि भएर हामि जन्मन्छौ । हामि भोग्न चाहन्छौ,नयाँ कुरा थाहा पाउन चाहन्छौ । यसको लागि शरिर आवस्यक छ ।साझापेजकाे सहयाेगमा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t0YQdO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top