Photo of Milford Sound in New Zealand

मोरङ – ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति बीभत्स हत्या भएको छ । रंगेली नगरपालिका–९ स्थित घर नजिकैको बजार गएर फर्कंदै गर्दा ६३ वर्षीय पहाडचन राजवंशीको घाँटी रेटेर हत्या भएको खबर आजको कान्तिपुरको पहिलो पृष्ठमा छ । बीच सडकमै रगताम्य अवस्थामा शव फेला परेको थियो ।

हत्या कसले गरेको भन्ने खुलेको छैन । घटनास्थलमा कुनै हतियार वा शंकास्पद वस्तु फेला परेको छैन । प्रहरीले हत्यामा संलग्न कसैलाई सोमबार साँझसम्म नियन्त्रणमा लिन सकेको छैन ।

केही गाउँलेले पहिले बोक्सा आरोप लगाएपछि प्रहरी कारबाहीमा परेका समूहको संलग्नता हुन सक्ने आशंका गरेका छन् । इलाका प्रहरी रंगेलीका निरीक्षक सञ्जीवबाबु खड्काका अनुसार बजारबाट फर्कने क्रममा घरभन्दा करिब दुई सय मिटर पश्चिम सडकमा उनको शव फेला परेको थियो । धारिलो हतियारले अनुहारको आधा भाग र घाँटी आधासम्म काटिएको प्रहरीले जनायो ।

के भएको थियो पहिले ?
स्थानीयका अनुसार २०६९ सालसम्म तत्कालीन दर्बेसा गाविस–८ वनकोलमा कोही बिरामी परे वा मृत्यु भए पहाडचनले ‘तन्त्रमन्त्र’ गरेको गाउँलेले आरोप लगाउने गरेका थिए । लामो समय थलिएर गाउँकै एक वृद्ध र युवकको मृत्यु भएपछि त्यसमा पहाडचनकै ‘तन्त्रमन्त्र’ लाई कारण मान्दै उनलाई दुव्र्यवहार गरेका थिए ।

पटक–पटक बोक्साको आरोप खेप्दै आएका उनलाई त्यसैताका गाउँलेको समूहले मानव मलमूत्र खुवाउने प्रयास गर्दै कुटपिट गरेको एक स्थानीयले बताए । त्यो घटनापछि पहाडचन र उनकी श्रीमती अंशु केही समय बिस्थापित भएका थिए ।
आरोपितहरू पटक–पटक प्रहरी तारेखमा धाउनुपर्ने भएपछि असहज स्थिति आएको भन्दै गाउँलेको भेलाले आइन्दा कसैले दुव्र्यवहार र आरोप–प्रत्यारोप नगर्ने सहमति गरेको मृतकका दाजु महावीर राजवंशीले बताए । पीडितको घरभन्दा केही पर्तिर उनका भाइ रामप्रसाद बस्दै आएका थिए । दाजुलाई दुव्र्यवहार हुँदा उनैले धेरै पटक गाउँलेलाई सम्झाई–बुझाई गरेका थिए ।

-‘बोक्सा’ आरोपमा यसअघि पटक–पटक अपमानित
-सान्त्वना दिनसमेत आएनन् छरछिमेकी
-प्रहरी भन्छ– ‘घटना शंकास्पद’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2thKW80
via IFTTT

0 comments:

Post a Comment

add

 
Top