Photo of Milford Sound in New Zealand

असार १६, २०७४- जेठ २६ गते राति अपहरित तुलसीपुर उपमहानगरपालिका ५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठ शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे रेन्जेको जंगलमा मृत फेला परेका छन् । अपहरणकारी पक्राउ परेपछि उनीहरुको सहायताले भर्खरै शव भेटिएको अनुसन्धान टोली प्रमुख राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताए ।

शव विकट ठाउँमा भएकाले हेलिकोप्टरबाट ल्याउने प्रयास भइरहेको शाहले जानकारी दिए । प्रहरीले भए जति स्रोत साधन र जनशक्ति व्यापक रुपमा परिचालन गर्दा पनि व्यवसायीलाई जिवितै फेला पार्न सकेन । केन्द्रीय अनुसन्धान व्यूरोको टोली समेत दाङमै खटेर घटनाको अनुसन्धान गरिरहेको थियो । प्रहरीले अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

श्रेष्ठसँगै अपहरित घोराही हापुरका २८ वर्षीय रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ । बा ११ च १०७१ नम्बरको निजी सेतो रंगको कारमा तुलसीपुरबाट निस्किएका श्रेष्ठको गाडी सल्यानको कपुरकोट गाउँपालिका ५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा फेला परेको थियो । उक्त गाडीको साथमा भारतीय एचपी ११८६४८ नं को गाडी पनि फेला परेको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक शाहको संयोजकत्वमा एसपी वीरेन्द्र बस्याल, डिएसपी भुवनेश्वर तिवारी र प्रहरी निरीक्षक नरेन्द्र सलामी सदस्य रहेको समिति गठन गरेको थियो । मध्यपश्चिम प्रहरी प्रमुख डिआईजी विजय कायस्थले समेत घटनास्थलको अध्ययन अवलोकन गरेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2so1Yl3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top