Photo of Milford Sound in New Zealand

झापा, १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्लामा निकै प्रिय छन् । खासगरि, नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री बनेपछि उनले लिएको अडान, जिल्लाबासीलाई दिएको महत्वले हरेक झापालीले ओलीप्रति श्रद्धाभाव व्यक्त गर्ने गरेका छन् । विरोधीहरु समेत ओली भनेपछि हच्किन्छिन्, आजकल ।
गृहजिल्ला बसाइका क्रममा एमाले अध्यक्ष ओलीले दिनमै ५ वटासम्म सभालाई सम्बोधन गरे । उनलाई सुरक्षा गार्डले मञ्चमै औषधि खुवाइरहेका हुन्थे । झापाको दक्षिणी गाउँपालिका कचनकवल, झापा गाउँपालिका, गृहनगर दमक, बिर्तामोड, काँकरभिट्टा, अर्जुनधारा लगायत स्थानमा ओलीले सम्बोधन गर्न जाँदा थामिनसक्नुको भीड लाग्थ्यो । अध्यक्ष ओलीलाई भेट्ने, अँगालो हालेर चुम्बन गर्ने र सेल्फी खिच्नेहरुको लामै लर्को थियो ।

स्वास्थ्य अवस्था तन्दुरुस्त नभएका कारण एमाले अध्यक्ष ओलीलाई डाक्टरले धेरै धपेडी नगर्नु भनेका छन् । तर, स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न अध्यक्ष ओली निरन्तर सक्रिय छन् । उनले झण्डै ५ दिन गृहजिल्ला झापामा बस्दा आफ्ना सयौँ इस्टमित्रलाई एमालेमा प्रवेश गराए । दर्जनौँ सभालाई सम्बोधन गर्न भ्याए ।

तर, बुधबार बिर्तामोडको चुनावी सभामा भने एउटा अनौठो घटना भयो । दिउँसो ३ बजेतिर ओली मञ्चमा पुगे । त्यतिकैमा एक महिला मञ्चमा चढिन र धमाधम ओलीलाई दुइवटै गालामा चुम्बन गरिन् । एकछिन त ओली पनि अलमलमा परे । मञ्चमा बसेका नेताहरुले खुसी हुँदै ताली पिटे, सभामा सहभागी एमाले कार्यकर्ताले पनि बेजोडले ताली बजाए । तर, ओलीलाई चुम्बन गर्ने ती महिला को हुन्,, कसैलाई थाहा भएन् ।

आखिर ओलीलाई चुम्बन गर्ने यी महिला को हुन् ? अहिले यही चर्चा भइरहेको छ । बताइए अनुसार, उनी ओलीको पारिवारिक सदस्य होइनन्, न त कार्यकर्ता नै हुन् । तर, उनले ओलीलाई यस्तो माया र श्रद्धाभाव देखाइन कि स्वयम् ओली पनि चकित परे ।

हेर्नुहोस् भिडियोः

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tERxWW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top