Photo of Milford Sound in New Zealand

काठमाडौं, १२ असार । बलिउड सुपरस्टार सलमान खानले कार चलाउँदा उनकी आमा रामराम जप्ने गरेकी छन् । किनकी सलमानको कार चलाउने तरिका नै त्यस्तै छ ।

सलमानकी आमा सलमा खानले एक अन्तवार्तामा बोल्दै यो कुराको खुलासा गरेकी छन् । सलमाले सलमानको ‘ड्राइभिङ स्कील’ माथि प्रश्न समेत उठाएकी छिन् । उनले सलमानले चलाएको गाडीमा आफूलाई बस्न डर लाग्ने बताएकी छन् ।

‘जब सलमान गाडी चलाउँछन् , म उनीसँग बस्दिन,’ उनले भनेकी छन् । आमा छोरा नै उपस्थित त्यो अन्तवार्तामा सलमानले बीचमै कुरा काटेर भने, ‘मम्मी जब म गाडी चलाइरहेको हुन्छु । तब तपाईँ मसँग किन बस्नुहुँदैन रु तपाई मेरो गाडी चलाउने प्रवृत्तिमा नराम्रो इम्प्रेसन दिँदै हुनुहुन्छ ।’

सलमाले जवाफ फकाउँदै भनिन्, ‘यस्तो होइन । सलमानलाई ट्राफीक सिग्नलमा रोक्न मन पर्दैन । उनी यताउता गर्दै जिग ज्याग पारामा गाडी चलाउँछन् र मलाई चक्कर आउँछ ।’

आमाको कुरालाई अझ विस्तृत रुपमा खुलाउँदै सलमानले सलमा उनीसँग गाडीमा बस्नेबित्तिकै राम राम जप्न थाल्ने बताए । उनीसँगमात्र नभएर अर्बाज र सोहिलसँग् पनि सलमाको हालत त्यस्तै हुन्छ । सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ जुन २३ बाट रिलिज भएको छ । जुन चलचित्रको निर्माता सलमानकी आमा पनि हुन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tRqYOG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top