Photo of Milford Sound in New Zealand

असार १० – छिमेकी देशले आफूमाथि लगातएको प्रतिबन्धपछि राजनीतिक तथा कुटनीतिक संकटमा रहेको कतारले सम्बन्ध सुधारको प्रयास गरिरहेको छ । तर यस्तो प्रयासले अहिलेसम्म मूर्त रुप लिन सकेको छैन । प्रतिबन्ध लगाएका साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहरानीले कतार समक्ष आफ्नो मागको सूचि प्रस्तु गरेका छन् । उनीहरुले कतारको टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नु पर्ने लगायत १३ बुँदे माग प्रस्तुत गरेका छ ।

१० दिनको अल्टिमेटमसहित प्रस्तुत गरिएका मागमा टर्कीमा रहेको कतारको सैन्य अखडा बन्द गर्नु पर्ने तथा इरानसँगको सम्बन्ध घटाउनु पर्ने सहितका छन् । साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहरानी, यमन र लिबियाले दुई हप्ताअघि कतारले आतंकवादलाई सहयोग गरेको भन्दै उसँगको राजनीतिक तथा कुटनीतिक सम्बन्ध अन्त्य गर्दै प्रतिबन्ध लागएका थिए । आफूहरुले प्रस्तुत गरेका पछिल्ला माग १० दिनभित्र पूरा गरेमा कतारमाथिको प्रतिबन्ध हटाउने ती देशले बताएका छन् । तर कतारले भने आफूले कुनै पनि किसिमले आतंकवादलाई प्रोत्साहन नगरेको र अरब क्षेत्रमा अशान्ति फैलाउने प्रयास नगरेको बताउँदै आएको छ । छिमेकी देशले प्रस्तुत गरेका मागका विषयमा कतारले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tZ5O0e
via IFTTT

0 comments:

Post a Comment

add

 
Top