Photo of Milford Sound in New Zealand

बुटवल : प्रदेश नम्बर ५ मा राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएको बुटवल उपमहानगरपालिकामा आज मुख्य राजनीतिक दलहरुले शक्ति प्रदर्शन गर्दैछन । शुन्य समय सुरु हुँदाको अघिल्लो दिन शीर्षस्थ नेताहरु बुटवल झरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बुटवल आउदै हुनुहुन्छ ।बुटवलको ट्राफिकचोकमा एमालेले चुनावी सभा आयोजना गरेको छ भने राजमार्ग चौहारामा कांग्रेस–माओवादीको गठबन्धनको चुनावी सभा छ ।

कांग्रेस–माओवादीको तालमेल रहेको बुटवलमा एमाले एकल रुपमा चुनावी मैदानमा छ । दैनिक जसो शक्ति प्रदर्शन गरिरहेको एमालेले पार्टी नेतृत्वलाई नै निम्त्याएर प्रदर्शन गर्न लागेको हो । लगातारको तीन वटा निर्वाचनमा जित हासिल गरेको एमालेले बुटवलमा आफनो निरन्तरता कायम राख्ने दाउमा छ भने कांग्रेसले माओवादीको सहयोग लिएर किल्ला भत्काउने रणनीति बनाएको छ ।

साढे ६६ हजार मतादाता रहेको बुटवलमा १३ हजार सुकुम्बासीको मतमा राजनीतिक दलको चलखेल रहेको छ । एमालेले दुई तिहाई वडामा जित हाशिल गर्ने दाबी गरेको छ भने कांग्रेसले प्रमुख उपप्रमुख सहित बहुमत वडा जितिने दाबी गरेको छ । annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t9cJaI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top