Photo of Milford Sound in New Zealand

एजेन्सी, १६ असार । विश्व चर्चित गायिका तथा मोडल रिहाना र साउदी अरबका खर्बपति हस्सन जमीलबीचको अन्तरंग रोमान्सका फोटो इन्टरनेटमा भाइरल बनेको छ ।

गत मंगलबार आयोजित स्पेनको एक पुल पार्टीमा रिहाना र साउदीका खर्बपति जमीलबीचको अन्तरंग रोमान्सको तस्बिरहरू सार्वजनिक भएपछि देखिएपछि अहिले हलिउड तातेको छ ।

रिहाना र जमीलको प्रेमसम्बन्ध यतिखेर चर्चाको विषय बनेको छ । रिहानाले स्पेनको पुल पार्टीमा ‘अफर’ गरेभन्दा बढी रकम हात पारेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरूले उल्लेख गरेका छन् । रिहानाले आफू जमीलसँग गहिरो प्रेम सम्बन्धमा परेको बताएकी छन् ।

युवा व्यवसायी जमील साउदी अरबको अब्दुल लतिफ जमीलका कार्यकारी निर्देशक तथा प्रमुख हुन् । यो संसारकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो । यसले अरबभरि टोयटा गाडीको बिक्री गर्दछ ।

रिहाना र जमीलबीचको रोमान्सका कारण भने रिहानाकै मिल्ने साथी अमेरिकन सुपरमोडल नओमी च्याम्पबेल हुन् । ‘द सन’ का अनुसार गत वर्षको ‘ब्रिटिस समरटाइम फेस्टिभलमा’ नओमी र जमील प्रेमी–प्रेमिकाका रूपमा देखिएका थिए । इन्टरनेटमा यो खबरको हल्लीखल्ली भएपछि रिहाना र नओमीबीच खटपट सुरु भएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsYrRu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top