Photo of Milford Sound in New Zealand

लिम्बु नेपालमा बसोबास गर्ने एक आदिवासी किराँत जाति हो। याक्थुङ पनि भिनिने लिम्बुहरू पुरानो किराँत राज्यको वा पूर्वी नेपालका पाहाडी क्षेत्र र अझ पूर्वका केही क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बुको नजीकको अर्थ ‘धनुर्धारी’ हुन आउछ। उनीहरू आफूलाई याक्थुम्बा वा याक्थुंग भन्छन् भने तिब्बतमा उनीहरूलाई शोंग, जोंग वा द्रेंजोंखा (དརེན་འཛང་ཀ་) अनि सिक्किमतिर सांग, चोंग (འསང་) भनिन्छ। उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बुहरू बस्छन्।

मौलिक लिम्बु भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ छन्। यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरूमा पनि छरिएर रहेका छन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्।

मानवशास्त्री र इतिहासविद्हरूका अनुसार मानव एक चलायमान जाति हो। यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन्। यही क्रममा लिम्बुहरू चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरू थाइल्याण्ड, भियतनाम हुँदै म्यानमारको उत्तरी भागमा बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ।

म्यानमारको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरूसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरू आसामको कमरूप हुँदै आजको किराँत प्रदेशमा बसोबास गर्न थालेका हुन्। तथापि, यिनीहरू चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरू हुन्। उनीहरू मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजीकको सम्बन्ध छैन। इण्डो-मंगोलोइड नश्लका किराँतहरूको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए। किरातीहरूले पश्चिममा काठमाडौं उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरू सञ्चालन गरेका थिए।

विशेषतः पूर्वी पहाडी इलाकाहरू तामाकोशी, अरुण, तमोर उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे। अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए। काठमाडौंको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए। यही समयमा काठमाडौं उपत्यकामा खसहरू गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे। उपत्यका भित्र किराँत गोत्रका भोट बर्मेली भाषा बोल्नेहरू र खसहरूबीच सामाजिक सम्बन्ध सुमधुर थियो। खसहरू (गोपालवंशी पनि भनिन्छ)ले किराँतसँग खेतीपाती गर्न सिकेका थिए। यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरू घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनैतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो। यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादरमाबोहाङका अनुसार ३३ पुस्तासम्म किराँत राजाहरूले काठमाडौं उपत्यकामा शासन गरेका थिए।

नेपालका आदिवासी जनजातिहरू मध्ये किराँत समुदाय अर्न्तर्गत पर्ने लिम्बु एक जाति हो। लिम्बु जातिको आदिकाल देखिको बसोबासको क्षेत्र अरुण नदीदेखि पूर्व सिक्किमसम्म हो। संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ्ग, पाँचथर र इलाम लिम्बुहरूको मुख्य थलो हो। साथै सुनसरी, मोरङ, झापा, तथा काठमाडौंंमा पनि बसोबास रहेको छ। लिम्बुहरूको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा र येवा-येमा पुरोहित हुन्। लिपि “सिरिजङ्गा लिपि” हो। सिरिजङ्गा भन्ने व्यक्तिले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ्ग नाच, धान नाच, हाक्पारे गाउँने लिम्बुको मौलिक परम्परा हो। २०४८ सालको जनगणना अनुसार कुल जनसंख्याको १.६% लिम्बु जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन्। कुनै समय आफ्नो अधिकार जमाई राज्य गरी बसेका शक्तिशाली लिम्बु जाति आज आएर ओझेलमा परेको आभाष पाइन्छ। तैपनि हाल नेपाल सरकारले जनजातिको उत्थानमा देखाएको सदासयतालाई प्रशंसनीय रूपमा लिनु पर्दछ।

(यो सामग्री स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट लिइएको)

The post लिम्बु जाती म्यान्मारबाट आसाम हुदैं नेपाल भित्रिएको ईतिहास छ, लिम्बु जातीले एकपटक पढ्नुस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ywiy0A
via IFTTT

0 comments:

Post a Comment

add

 
Top