Photo of Milford Sound in New Zealand

भर्खर जन्मिएको शिशु खेलमा फलिएको र त्यो शिशुलाई कमिलाले खाइरहेको अवस्थामा भेटिएपछि निकै ठूलो हंगामा भयो । शिशुलाई अस्पताल लगियो र उपचार सुरु भयो तर उपचारकै क्रममा शिशुको मृत्यु भयो । लगत्तै आमाको खोजी सुरु भयो । जब ती शिशुकी आमा फेला परिन् त्यसपछि झनै सनसनीखेज रहस्य बाहिरिएको छ ।

४ दिनअघि भारतको मध्यप्रदेशको धार जिल्लामा खेतमा कमिलाले खाइरहेको अवस्थामा एक शिशु फेला परेको थियो । अहिले ती शिशुलाई जन्म दिने आमा फेला परेकी हुन् । ती आमा एक १५ वर्षकी किशोरी रहेको पाइएको छ । अनुसन्धानका क्रममा ती किशोरीमाथि बलात्कार भएको पाइएको छ ।

प्रहरीको सुराकीले ती किशोरीको बारेमा प्रहरीलाई बताएको थियो । त्यसपछि ती किशोरीलाई पक्राउ गरी सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको रहस्य खोलेकी हुन् । उनले लोकलाजको डरले शिशुलाई फालेको बताएकी छिन् । ती किशोरीलाई स्थानीय मुकेश खुन्नाले उनलाई बलात्कार गरेका थिए ।

ती बालिकाका पिता अपांग भएको र आमा काममा जाने गरेको उनले बताएकी छिन् । अभियुक्त मुकेशले धम्की दिएकै कारण आफूले बलात्कारबारे कसैलाई बताउन नसकेको उनले बताएकी छिन् । आरोपी मुकेशविरुद्ध मुद्दा दर्ता गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ । आरोपी मुकेश फरार रहेको जनाइएको छ । dcnepal

The post कस्ती निर्दयि आमा हुन जस्ले बच्चा जन्माएर खेतमा फालिन्, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wWMy4u
via IFTTT

0 comments:

Post a Comment

add

 
Top