Photo of Milford Sound in New Zealand

काठमाडौं, असोज ८ – नेपाल आइडलमा फस्र्ट रनर अपको उपाधि जितेका निशान भट्टराईले अब आफ्नो प्रतिस्पर्धा सुरु भएको बताएका छन् । नेपाल आइडलको फस्र्ट रनर अप हुँदा आफू खुशीले निःशब्द भएको बताउँदै उनले फेसबुकमार्फत आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिएका हुन् ।

नेपाल आइडलले आफूलाई सामान्य मञ्चबाट फस्र्ट रनर अपको उपाधि दिलाएको भन्दै उनले नेपाल आइडल टिमलाई पनि धन्यवाद दिएका छन् । उर्लाबारी मोरङका निशान भट्टराईले नेपाल आइडलको उपाधि नजिते पनि सम्पूर्ण नेपालीको मन जित्न सफल भएका छन् । उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेर नेपाल आइडलको फस्ट रनर अप उपाधिसहित १५ लाख रुपैयाँ नगद पनि प्राप्त गरे ।

सबै प्रकारका गीतमा राम्रो प्रस्तुति दिने निशान भट्टराईले आफूलाई नेपाल आइडलको मञ्च र फस्र्ट रनर अपको उपाधिसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्णलाई निशानले धन्यवाद दिँदै विजया दशमीको शुभकामना दिएका छन् ।

The post मेरो प्रतिस्पर्धा अब सुरु हुँदैछ – निशान भट्टराई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wPj8oT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top