Photo of Milford Sound in New Zealand

गोकर्ण अधिकारी-टोकियो । जापानमा नेपाली कामदार सवार बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । जापानको साइतामामा भएको बस दुर्घटनामा परि घाई मध्ये पाँच जना गम्भिर रहेका छन् ।
प्राप्त प्रारम्भिक जानकारी अनुसार साइतामाको खावागोएबाट आधाघण्टाको दुरीमा रहेको आइपिएल जापान कम्पनीमा काम गरेर फर्कने क्रममा नेपाली चढेको बस गति गुमाएर दुर्घटना भएको हो ।

बस सडक छेउमा पल्टिएको र तरकारी तथा फलफुल प्रशोधन कम्पनीमा कार्यरत नेपाली महिलाहरु चढेको बस दुर्घटनामा परेको हो । घाईते १० जना मध्ये पाँच जना सामान्य उपचार पछि घर फर्कीएका छन् । बसका चालकलाई जापान प्रहरीले नियन्त्रणमा लिएको छ ।
गम्भिर घाईते पाँच जनाको साइतामा विश्व विद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । घाईते मध्ये मिना सिरिस मगरको मलद्धारमा गम्भिर चोट लागेको र उनको पहिलो चरणको अप्रेसन गरिएको छ ।

यसैगरि दुर्घटनामा परि गम्भिर घाईते हुनेमा मिना केसी, रितु रणपाल दर्नाल, लक्ष्मि चालिसे सुवेदी र कमला नेपाली रहेका छन् । घाईते मध्ये केसी, दर्नाल र सुवेदीको अनुहार, टाउको, दांद, र खुट्टामा गम्भिर चोट लागेको छ ।

कमला नेपालीको हात भाँचिएको र खुट्टामा पनि गम्भिर चोट लागेको पत्रकार प्रकाश पन्थिले जानकारी दिनुभयो । साँझ करिव ७:३० बजेको समयमा भएको दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको छ । हामी थप विवरण प्राप्त हुनेवित्तिकै राख्नेछौं । recentnepal

The post जापान बाट आयो दुखको खबर : जापानमा नेपाली चढेको बस दुर्घटना, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xBnuE8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top