Photo of Milford Sound in New Zealand

काठमाडौं । भारतीय टेलिभिजन स्टारप्लसबाट प्रसारित रियालिटी शो ’डान्स प्लस’ को तेस्रो संस्करणको उपाधि वीरराधा शेर्पाले जितेका छन् ।
डान्स शोको शनिवार सम्पन्न फाइनल प्रतियोगितामा १८ वर्षीय वीरराधा शेर्पा च्याम्पियन घोषित भएका हुन् । फाइनल शो टेलिभिजनमा भने आइतवार राति मात्र प्रसारण हुनेछ ।

च्याम्पियन घोषित शेर्पाले नगद भा रु. २५ लाख, हुन्डाई इलाइट गाडी, ओप्पो फोन, अमेजोन गिफ्ट भौचर लगायत पुरस्कार पाएका छन् ।
टप ४ बाट च्याम्पियन छानिएको फाइनल राउण्डमा शेर्पासंगै अमरदीप सिंह, आर्यन पत्र तरुण र शिवानी प्रतिष्पर्धीका रुपमा रहेका थिए ।

पुनित पाठकको ग्याङ्गका शेर्पाले बिबोइङ्ग र कन्टेम्पोररी स्टाइलले सबैलाई मोहित बनाएका थिए । च्यापियन बनेपछि उनले शोको टिम,गुरु, परिवार, दर्शक लगायत सबैलाई धन्यवाद दिंदै यति धेरै मायाँ पाउँदा, आफै अचम्भित भएको बताएका छन् ।

स्टार प्लसबाट आउने ’डान्स प्लस’ मा धर्मेश, शक्ति मोहन र पुनित जज थिए भने रिमो डिसुजा सुपर जज रहेका थिए । कार्यक्रमलाई स्लो मोसन डान्सले नाम कमाएका कक्रोज उर्फ राघवले होस्ट गर्दै आएका थिए । ©Himalayan Kangaroo

The post वीरराधा शेर्पाले जिते भारतीय रियालिटी शो ’डान्स प्लस’ को उपाधि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yzZz61
via IFTTT

0 comments:

Post a Comment

add

 
Top