Photo of Milford Sound in New Zealand

काठमाडौं, ९ असोज — साध्वीहरूलाई बलात्कार गरेको आरोपमा कारावास सजाय भोगिरहेका बाबा गुरमीत राम रहीम सिंह इन्साको हनीप्रीतसँगको सम्बन्धमा नयाँ खुलासा भएको छ ।

डेराका पूर्वसाधु गुरदास सिंह तूरका अनुसार, राम रहीमले हनीप्रीतबाट एउटा छोरा जन्माउन चाहेको र हनीप्रीतले त्यही बच्चा राम रहीमको गद्दीको मालिक बन्ने इच्छा राखेको देखिन्छ । त्यो बच्चालाई उनीहरू भगवानको बच्चाका रूपमा लिने सोचमा रहेको गुरदास बताउँछन् ।

गुरदास परिवार राम रहीमबाट टाढिनुमा पनि हनीप्रीतसँगको सम्बन्ध कारक भएको उनी बताउँछन् ।

डेरा व्यवस्थापनले हनीप्रीत र राम रहीमबीचको सम्बन्धका बारेमा थाहा पाएको गुरदास बताउँछन् । हनीप्रीतलाई धेरै रहस्य थाहा भएकोले डेरा व्यवस्थापनले राम रहीमको इशारामा हनीप्रीतलाई थुनेर राखेको गुरदास बताउँछन् ।

डेरा व्यवस्थापनले हनीप्रीतलाई पागल बनाउनसक्ने सम्भावना रहेको पनि उनी बताउँछन् ।

एजेन्सी

The post राम रहीम र हनीप्रीतले जन्माउन चाहेका थिए ‘भगवानको बच्चा’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hrZpta
via IFTTT

0 comments:

Post a Comment

add

 
Top