Photo of Milford Sound in New Zealand

काठमाडौँ, असोज ९ –

नमुछे आमा दहीमा टिका नछरे जमरा,
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर।

नेपालीहरुको महान पर्व दशैंको बेला रेडियोमा धेरै बज्ने यो कर्णप्रिय गीतले धेरै परदेशीहरुको मन रुवाउँछ।आफ्ना काखभरिका सन्तानहरु पल्टन र परदेशमा भएका आमाबावुहरु यो गीत सुनेर भावविह्वल बन्दछन्।आफ्नो प्राण भन्दा प्यारो जीवनसाथीको बाटो हेर्दै आशुको धाराले जीवनसंगिनीहरुको पछ्यौरी भिज्दछ।बुवा आउने बाटो कुर्दै बसेका ती अवोध बालबच्चाहरु भिजेका परेलीहरुसँगै निदाउँछन्।तर दशैंको बेला आफन्तहरुले यस्तो दुखद् नियति भोग्नु पर्दाको पीडाले हामी समाचार सुन्नेहरुको पनि आँखा रसाएर आउँछ।यस्तै हृदयविदारक दुर्घटनामा देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीका दुई जना कर्तव्यनिष्ठ प्रहरी कर्मचारीको मृत्युले सारा नेपालीहरु मर्माहत भएका छन्।

प्रदेश २ को निर्वाचन सुरक्षामा खटेर कार्यक्षेत्रमा फर्किँदै गरेका दुई प्रहरीको बागलुङमा भएको जीप दुर्घटना मृत्यु भएको छ । बागलुङ बजारबाट बरेङ बजारतर्फ गइरहेको ध १ ज १३४ नम्बरको जीप शनिबार दिउँसो बरेङ गाउँपालिकाको हुग्दीशिरमा दुर्घटना हुँदा प्रहरी हबल्दार खिमबहादुर विष्ट र प्रहरी जवान ढालबहादुर श्रीसको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरेङले जनाएको छ ।

गुल्मीको अग्लुङ–८ घर भएका प्रहरी हबल्दार बिष्ट इलाका प्रहरी कार्यालय बरेङमा र गुल्मीकै हाडहाडे–४ का घर भएका प्रहरी जवान ढालबहादुर श्रीस प्रहरीचौकी बाटाकाचौरमा कार्यरत थिए । उनीहरुलाई निर्वाचन सुरक्षाका लागि प्रदेश नम्बर २ अन्तर्गत धनुषामा खटाइएको र निर्वाचन सम्पन्न भएपछि साविकको कार्यक्षेत्रमा फर्किँदा दुर्घटनामा परेको बताइएको छ ।

उनीहरुसहितका यात्रु सवार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

दुर्घटनामा १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय बरेङका इन्सपेक्टर हरिबहादुर पुनले जानकारी दिए । घाइते मध्य चार जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ पठाइएको छ । अन्य घाइतेलाई भने पाल्पातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

-सेतोपाटी डटकमबाट साभार समाचारको सहयोगमा

The post दशैको यो माहोलमा चुनाब सकेर घर फर्केका २ जना प्रहरीको जीप दुर्घटनामा मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xurEM8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top