Photo of Milford Sound in New Zealand

एजेन्सी, असोज १३
मानिसहरू सफल हुन खोज्छन् तर । हुन्छन् असफल । किनभने, उनीहरू आफ्नो जीवनमा संघर्ष नै गर्न चाहँदैनन् र व्यर्थमा जीवनसँग गुनासो गर्न पुग्छन् । तर, संसारमा केही यस्ता मानिसहरू पनि छन्, जो अभावै अभाव र दुःखै–दुःखैको बीच पनि संघर्ष गरेर आफ्नो जीवन सफल बनाउन सफल भएका छन् ।

त्यस्तै, आफ्नो हात–खुट्टा नै नभएर पनि संसारको प्रेरणाको स्रोत तथा लाखौं मानिसको हृदयमा बस्ना सफल व्यक्ति हुन्, निक भ्युजिसिक ।

निक भ्युजिसिकको जन्म अस्ट्रेलियामा सन् १९८२ मा भएको थियो । यहाँसम्म पनि कि, उनको जन्म हुँदा उनको आमाले समेत उसलाई आफ्नो काखमा समेत लिन अनकनाइरहेकी थिइन् । किनभने, उनको जन्म हुँदा उनको हातै थिएन र खुट्टा पनि साना अविकासित र औंलाहरू जोडिएका थिए । पछि शल्यक्रियाबाट उनको खुट्टाबाट जोडिएका औंलाहरू छुटाइयो, जुन अहिले उनी आफ्नो दैनिक क्रियाकलापमा प्रयोग गर्ने गर्छन् ।

निक आफ्नो शारीरिक अवस्था देखेर सुरुमा निराशा भए । उनी आफू अन्यभन्दा फरक तथा अशक्त भएको कारणले आत्मग्लानी हुन्थ्यो । आमाबुबाको प्रेरणाले उनि स्कुलमा पढ्न जान्थे । तर, उनलाई उसका साथीहरूले अशक्त तथा हातखुट्टा नभएको अपांग भनेर गिज्याउने गर्थे ।

बाल्यवस्थामै उनले आफूलाई भगवान्ले अरुभन्द फरक बनाएको भन्दै दुःखी महसुस गर्थे । र, एकपटक आत्महत्यासमेत गर्ने असफल प्रयास गरेका थिए । तर, उनका आमाबुबाले उनलाई आत्महत्या गर्नबाट रोके र उनलाई भन्ने गर्थे– प्रभुले उनलाई अरूभन्दा फरक बनाएका हुन् ताकि, तिमीमा भएको फरकपनले अरु मानिसलाई प्रेरणा मिलोस्

यसरी नै उनी आफ्नो आमाबुबाको प्रेरणाले अगाडि बढ्दै गए । एक समय उनलाई उनकी आमाले एक पत्रिकामार्फत् अपांग भएका व्यक्तिहरूको सफल जीवनको वर्णन गरेको समाचार देखाइन् । त्यही पत्रिका नै उनको मुख्य प्रेरणाको स्रोत भयो । र, त्यस्ता समाचारहरू उनले खोजी–खोजी पढ्न थाले। अनि, आफूमा आफैं प्रेरणा भर्ना थाले । प्रेरणाकै कारण उनले पछि गएर २१ वर्षको उमेरमा अकाउन्टिङ र फाइनान्समा स्नातक गरे ।

यसरी नै उनले आफूमा प्रेरणा भर्दै एक सफल व्यक्ति बन्न पुगे । अहिले उनी विश्वमा एक सफल प्रेरक वक्ता (मोटिभेस्नल स्पिकर), संगीतकार तथा लेखका रुपमा परिचित छन् । हाल उनी लाखौं व्यक्तिका प्रेरणाका स्रोत भएका छन् ।
उनी आफ्नो मोटिभेस्नल कार्यक्रमामार्फत् लाखौंको आत्मग्लानी तथा दुःखी भएको मनलाई प्रेरणाका कलकल पानीले हृदय सिँच्छन् । उनले आफूजस्तै शारीरिक अपांगत भएका व्यक्तिहरूलाई भेटी आफ्ना अनुभवहरूले उनीहरूमा साहस र प्रेरणा भर्ने गरेका छन् । अहिले उनलाई सुन्न लाखौं मानिस लालायित हुने गर्छन् ।

निक पौडीबाजी गर्न, माछा मार्न तथा चित्र कोर्न रमाउँछन् । क्यालिफोर्नियास्थित उनि ‘लाइफ विदाउट लिम्ब्स’ संस्था सञ्चालन गर्छन् र हाल उनी क्यालिफोर्नियामै आफ्ना दुई छोरा र श्रीमतीसँग बस्दै आएका छन् । उनले एक छोटो चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत सम्मानितसमेत भएका थिए ।

कुनै समय आत्महत्या गर्न खोज्ने निक अहिले करोडौं मानिसको मन–मस्तिष्कमा खुशी तथा प्रेरणा भर्न व्यस्त छन् ।

The post आत्महत्या गर्न चाहने’ यी व्यक्ति जो करोडौंका लागि आदर्श बने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2k7actQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top