Photo of Milford Sound in New Zealand

नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनरअप निशान भट्टराइ र सेकेण्ड रनरअप प्रताप दास सांगीतिक कार्यक्रमका लागि बेलायत जाने भएका छन्। यसै साता घोषित नेपाल आइडलका विजेता र रनरअपको अहिले विश्वभर डिमाण्ड छ। विश्वभरका लाखौं दर्शकले उनीहरुलार्इ सुन्न र हेर्न चाहेपनि पहिलो अवसर बेलायत निवासी नेपाहलीहरुले पाएका छन्। यसबारे मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

मनकामना मनी ट्रान्सफर युके पोखरा ट्राभल र मुनटेज इन्टरनेसनलले बेलायतमा संयुक्त रुपमा नेपाल आइडलको लाइभ कन्सर्ट आयोजन गर्न लागेको हो।
कार्यक्रमका लागि टोली नोभेम्बर १ तारिख बेलायत प्रस्थान गर्ने र १३ गते फर्किने जनाइएको छ। बेलायतमा चार वटा कार्यक्रम हुनेछन्।

फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिने विश्वास गरिएको छ । अहिले विश्वभर नेपाल आइडलको फाइनलमा पुगेका तीनजनाको सांगीतिक कार्यक्रमका लागि जति माग भइरहेको यसले पनि नेपाल आइडलको क्रेजलाई पुष्टि गरेको छ।

प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरेका थिए । एउटै सोबाट अनेक रसका मनोरञ्जन दिनु नेपाल आइडलको विशेषता बन्न सफल भयो।

आफ्नै भाषाको एचडी च्यानलमा अन्तर्राष्ट्रियस्तरको रियालिटी सोले देशविदेशमा रहेका करोडौं दर्शकलाई आकर्षित ग¥यो भने यूट्युब एवं फेसबुकमा नेपाल आइडलका हरेक सो भाइरल भयो ।annapurnapost

The post बेलायत जाँदै नेपाल आइडल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wVhxTp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top