Photo of Milford Sound in New Zealand

हङकङमा प्रहरी सेवामा जाने पहिलो नेपाली निरज गुरुङले सात मिलियन हङकङ डलर बराबरको फ्ल्याट किनेको खुसीमा उनले गृह जिल्लाबासीलाई घरमै डिनर पार्टी दिएका छन्।

२३ सेप्टेम्बर शनिबार निरजको गृह जिल्ला स्याङ्जाबासीको संस्था भिरकोट आठथर तमु समाज स्याङ्जाका सदस्यहरुलाई घरमा डिनर गराइएको थियो।

समाजका अध्यक्ष मनबहादुर गुरुङको नेतृत्वमा पुगेका संस्थाका आमा समूह लगायतका सदस्यहरुले घरधनी निरज र उनका सहोदर भाइ प्रज्ज्वल गुरुङलाई खादा ओढाई बधाई दिएका थिए।

सन् १९९७ पछि हङकङमा समूहगत रुपमा बसोबास गर्न थालेका नेपालीले दुई तीन वर्ष अघिसम्म कमाएको सबै पैसा नेपालमा घर सम्पत्ति जोड्न खर्च गर्ने गर्दथे। तर अहिले नेपाल पैसा पठाउनु भन्दा यहीँ घर किन्ने प्रवृत्ति ह्वात्तै बढेको छ।

कतिपयले नेपालको घर सम्पत्ति समेत बेचेर पैसा हङकङ ल्याएर घर किन्ने गरेका छन्। हङकङमा एकदमै सस्तो व्याजदरमा बैँकहरुले घर किन्न ऋण दिने भएकाले पनि आफ्नै घर किन्न सहज छ। बैँकबाट यसरी ऋण लिएर घर क्किने नेपालीको संख्या पाँच हजार बढी रहेको अनुमान छ।

घर भाडाले आकाश छुँदै गएपछि र किनेको सम्पत्तिको रातारात मूल्यबृद्धि हुने भएकाले धेरैले यसरी फ्ल्याटमा लगानी गर्ने प्रवृत्ति बढेको नयाँ घरधनीहरु बताउँछन्।

अहिले करिब ३० हजार नेपाली हङकङमा बसोबास गरिरहेको विश्वास गरिन्छ। nepalkhabar

The post खुशिको खबर :हङकङका पहिलो नेपाली प्रहरीले घर किने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xs8LJz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top