Photo of Milford Sound in New Zealand

काठमाडौँ । निर्माता सुनीलकुमार थापा र नायिका तथा नवनिर्देशक भरना थापाको जोडीबारे नेपाली फिल्म इन्ड्रस्टिजमा थुप्रै चर्चा हुँदे आएको छ ।

२२ बर्षअघि २०५३ असार २५ गते प्रेम विवाह गरेका उक्त जोडीबीचको सम्बन्ध निकै लोभलाग्दो छ । झरनाको डेब्यु चलचित्र ए मेरो हजुर २ भदौ १६ गते रिलिज हुँदै छ ।

आफूहरुको सुखमय दाम्पत्य जीवनको रहस्यबारे झरनाले खोलेकी छन् । आजको नयाँ पत्रिकामा छापिएको छ ।

एकअर्काप्रति विश्वास
सुटिङका लागि म कहिलेकाँही पूर्वमा हुन्थेँ, उहाँ पश्चिममा हुनुहुन्थ्यो । चलचित्रको छायांकनका लागि बिहानै हिँडेकी म साँझ घरमा टुप्लुक्क आइपुग्थेँ, तर उहाँ कहिल्यै रिसाउनुभएन । म पनि रिसाइन । हामी दुईबीच विश्वास थियो । त्यसैले हाम्रो सम्बन्धमा कहिल्यै तुसारापात आएन ।

एकले अर्कालाई बुझ्छौं
उहाँ र म बीच केही विवाद भए पनि उतिखेरै समाधान हुन्छ । हामी दुबै उक अर्काको अनुभूति बुझ्न सक्छौं ।

माया-प्रेम कायम
जुन दिन उहाँप्रति मेरो माया जाग्यो र उहाँले मलाई माया गर्न थालनुभयो, त्यसपछि निरन्तर माया छ । जस्तोसुकै परिस्थितमा पनि एक अर्कालाई धेरै माया गर्यौं ।

रेस्पेक्ट
माया प्रेमसँगै सम्बन्धमा रेस्पेक्ट भएन भने, त्यो सम्बन्ध कहिल्यै टिक्दैन । हामीमा सधैँ रेस्पेक्ट कायम छ ।

क्षमा
बिहेपश्चात हरेक श्रीमान् र श्रीमतीले गल्ती गर्न सक्छन् । एक अर्काको मन दुखाएका हुन सक्छन् । जस्तोसुकै अवस्थामा पनि क्षमा दिन सकियो भने सम्बन्धमा कहिल्यै दरार आउँदेन ।

कम्प्रोमाइज
सम्बन्ध टिकाउनका लागि कहिलेकाहीँ कम्प्रोमाइज पनि र्ग सक्नुपर्छ । एक अर्काको नराम्रो बानी र कमी कमजोरीलाई पनि माया गर्न जान्नुपर्छ । माफी दिन सक्नुपर्छ अनि मात्र सम्बन्ध टिकिरहन्छ । हामीले पनि धेरे कम्प्रोमाइज गरिरह्यौँ ।

समझदारी
२२ बर्षदेखि सहयात्रा गरिरहेका हामीबीच समझदारी कायम छ । हाम्रो १९ बर्षीया छोरी छिन् । हाल उनी अमेरिकामा अध्ययनरत छिन् । हामीशरुबीचको सम्बन्ध बलियो बनाउने सबैभन्द ठूलो हतियार एक अर्काबीच समझदारी नै हो ।

The post झरनाले खोलिन् सफल दाम्पत्य जिवनको यस्तो रहस्य… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fF8lLD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top