Photo of Milford Sound in New Zealand

पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गर्ने लागेको चलचित्र ‘अनुराग’मा नायक पल शाह अनुबन्धित भएका छन् । सत्यराज चौलागाईको निर्देशनमा तयार हुन लागेको चलचित्रमा यसअघि मोडल दीपक घिमिरे तय भएका थिए ।

तर उनले चलचित्रबाट हात झिके पछि निर्माण पक्षले नायकको खोजी सुरु गरेको थियो । निर्माण पक्षको अनुसार चलचित्रको लागी पल शाह तय भइसकेको जानकारी दिए ।

‘आज (सोमबार) हामी चलचित्रको लागी सम्पूर्ण सम्झौता गर्दै छौ ।’ चलचित्रका निर्देशक चौलागाईले सिनेपाटीलाई जानकारी दिए । त्यस्तै चलचित्रको कथा चित्तबुझ्दो भएको कारण काम गर्ने तयार भएको नायक पल शाह बताउछन् ।

‘कथा पढे मलाई एकदमै मन पर्यो ।सबै चित्त बुझ्दो भएका कारण ‘ओके’ गरे’ पलले बताए । बुझिए अनुसार पलले अनुरागबाट १८ लाख पारिश्रमिक रकम लिएका छन् । चलचित्रको छायाङ्कन छठ पछि सुरु हुने बताइएको छ । सिनेपाटीबाट

The post पल शाहले गर्ने भए ऋषि धमला पत्नीसँग रोमान्स appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2flaqID
via IFTTT

0 comments:

Post a Comment

add

 
Top