Photo of Milford Sound in New Zealand

दिपिका भुसाल: ~ मेरो नारकीय जीवनको उत्कर्षको समय थियो त्यो सायद दशैंको बेला थियो । मन भरी पीडा र दुखले भरिएका भावना हरु खेलिरहेका मात्र थिए । अनगिन्ति पिडा हरुको बाबजुत मन भित्र आशाको एउटा सानो किरण भर्खरै उदाउन लागेको हो कि जस्तो गरि झुल्कने चेस्टा गर्दै थियो । एउटा दुःखी जीवन बाचिरहेको मान्छेको मनमा आशाको किरण पलाउनु निकै महत्वपुर्ण कुरा थियो मेरो लागी ।

सामाजिक, नैतिक समस्या हरुमा जेलिएर एउटा मनोबैज्ञानिक भुमरीमा फसेको मान्छेले आफ्नो अवस्था सजिलै थाहा पाउन सक्दैन रहेछ । आफ्नो वास्तविकता के हो र आफुले मेहनत गरेरै आफ्नो जिन्दगीको अवस्था परिवर्तन गर्न सक्छु भन्ने कुरा मैले महसुस गर्दा समय निकै घर्किसकेको थियो । लगातार भोगिरहेको भौतिक क्षति र आर्थिक समस्याकै कारण आफुले नपाउनुपर्ने दुख पाइरहेको कुरा मैले बुझ्ने समय आउदा मलाइ आफुले धेरै ढिलो कुरा बुझेको मा आत्मा ग्लानि हुँ सुरु भैसकेको थियो । फेरी पनि म मेरा दुखको निराकरणको खोजीमा र मेरा साना साना नाबालक छोरी हरुको भविष्यको चिन्ताले मलाई देश छोडेर बिदेश पलायन हुन बाध्य बनाउदै थियो ।

म बैदेशिक रोजगारीको बाटो खोज्दै केही महिना पहिले एजेन्सीको सहयोग बाट इजरायल जानको लागी तयारी गरेकी थिएँ । दशैको समय थियो । मेरी ठुली छोरी पाँच बर्षकी र सानी छोरी तिन बर्षकि हुँदै थिए । मन भरी पीडाले एकछत्र रजाईं गरेको भए पनि अर्को बर्ष छोरी हरु संग दशै मनाउन पाउदिन होला भन्दै उनि हरुको साथमा रम्ने कोसिस गर्दै थिए ।

एजेन्सी मार्फत मलाई इजरायलको भिषा निस्किन सबै प्रकृया तयारी अबस्थामा रहेको हुदा मलाई पनि तयारी अबस्थामा रहनको लागी जानकारी गराएका थिए । त्यति बेला दशै र तिहार छोरी हरु संग मनाएँ । तिहार सकियो । तिहारको लगत्तै मेरो भिषा पनि आएको खबर पाएँ । मेरो छोरी हरु संगको दशैंको खुशी अचनाक शोकमा बद्लियो ।एकातिर आफुलाई अथाह दुखको भुमरी बाट पार लगाउने एकमात्र बिकल्प को ढोका खुलेको छ अर्को तिर कल्कलाउदा दुधे सन्तान लाइ चटक्कै छोडेर हिड्नुपर्ने अवस्था आइपर्यो । मैले मन भरी अथाह पीडा महसुस गरें । छोरी हरु सानै छन् । अहिले सम्म राम्ररि आवाज निस्केको समेत छैन । म जतिसुकै पिडामा हुदा पनि अथवा जस्तो सुकै सास्ती भोग्न परेको अवस्थामा पनि मेरी छोरी हरुलाई मेरो काख बाट टाढा गरेकी थिईन । जस्तो सुकै पीडा र समस्यामा समेत टाढा नगरेका आफ्ना मुटुका टुक्रा लाइ बर्षौंको लागि छोडेर टाढा हुने मेरो दिन नजिकिदै थियो ।

म इजरायल जाने दिन नजिकिदै थियो । तिहारको पाँच दिन पछि गाउँ हुँदै सदरमुकाम र तेस पछि काठमाडौको यात्रा तय गर्ने तयारी गर्दै थिएँ, बेलुका समान्य लुगा हरु मिलाए ।

सधैं जसो आज पनि छोरीहरु संगै सुत्ने प्रयास गरे । निद्रा हराएको थियो । सानो छोरी मेरो छाति तिर छामछुम पार्दै थिई । ती कोमल हात हरुले आफ्नो अन्तिम घुट्को खाना खोज्दै थिई सायद । उसलाई के थाहा भोलि देखि यो छातीको न्यानो देखि बिमुख हुदैछु भनेर । ती निर्दोष ओठहरुले मेरो स्तान सुस्तरी चुस्दै थिई ! मेरो मन भरिएर ब्याकुल बनेको थियो । आँखा बाट अश्रु धारा बगेको थियो । ठूलो छोरी मेरो कपडा समातेर गहिरो निद्रामा थिई । म सानो छोरीलाई निदाउने बनाउने प्रयत्नमा थिएँ । मेरो निद्राको सुदुर क्षितिज् सम्म कुनै नामोनिसान थिएन । थियो त केवल हृदय बिष्फोट होला जस्तो भक्कानो बाँकी थियो जुन भक्कानो लाइ फोडेर म छोरी हरुको निद्रा खल्बल्याउन चाहिरहेको थिईन ।

जवर्जस्ती रोकिएको रुवाई र पहिरोले थुनिएका नदि उस्तै हुन । जतिबेला पनि फुट्न सक्दारहेछन मैले निरन्तर प्रयास गर्दै थिए कतै नपोखिउन यी पिडाका भावना हरु बिछोडका तडपाई हरु !

मिर्मिरे उज्यालो हुन थाल्यो !भालेले डाक छोड्ने बेला हुन लाग्यो । भालेको डाको संगै मेरो रुवाई पनि नाफुत्कियोस भनेर मैले दाँतले कपडालाई दह्रो संग च्यापें । बिस्तारै चराचुरुङ्गी कराउन थाले ! छोरी परदेशिने पीडाले बुवा आमा पनि मर्माहत हुनुहुन्थ्यो सायद त्यसैले वहा हरु पनि रात भरि सुत्न सक्नुभएको थिएन ।

भालेको डाक संगै आमाले सुस्तरी मलाइ उठेर तयार होउ… अहिले छोरी हरु उठछ्न भन्नू भयो । छोरी हरु न उठ्दै मैले घर छोडीसक्नु पर्ने थियो । म हिड्ने बेलामा नानि हरु रोलान र त्यो रुवाईले मलाइ बिचलित बनाउला भनेर आमाले मलाइ नानि हरु न उठ्दै साईत गर्न सुझाउनु भएको थियो । मैले मेरो भक्कानो किलकिले मै दबाएँ । नराम्रो संग पोले जस्तो भयो र नाक पुत्तायो र आँखा बाट फेरी एक तहरो झरी बर्षीयो । म उठेर तयार भएं । तयार त के हुनु थियो र लिएर हिड्ने झिटी गुन्टा तयार नै थियो । खालि काखमा रहेका छोरी हरुलाई भुईमा राख्नु बिसाउनु बाकी थियो । मैले त्यो पनि गरें र उठेर हिड्न तयार भएँ ।

सानी छोरी मस्त निद्रामा थिई – उठेर हेरें सपनामै दुध चुस्दैछ उ । दुईटा ओठ अगाडी ल्याएर जोडले च्याप्दै खिच्दै गरेकी छ सायद सपनामा दुध खाएको देखेकी होलि । मेरो छाति रसायो, मलाइ एक पटक उसलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर हिड्ने बेला ब्युझेर रुन सुरु गरि भने उसलाई फुल्याउन धेरै समय लाग्छ । परिस्थितिको अगाडी मैले मेरो मातृ वात्सल्यताले हारेको टुलुटुलु हेरिरहें ।

जब मेरो घर छोड्ने बेला हुँदै थियो ठुली छोरीलाई निद्राले छोड्यो उ ब्युझेर उठी । प्राय मैले ओछ्यान छोड्दा संगै बिउझिने बानि छ उसको । सायद काखको न्यानोमा निदाउने बानि ले हो कि । म उठे पछी मेरै लुगाको फेर समातेर पछी लागि रहन्छे । उसले अचानकै सोध्न थाली ममि हजुर कहाँ जान लाग्नु भएको भनेर । अहिले बैनी उठ्छे र रुन्छे त्यसैले उसलाई पनि संगै लिएर जाम भन्न थालि । उसलाई अहिले सम्म पनि आफ्नी आमा एक्लै कतै सुदुर परदेशमा आफ्नो सुनौलो भविष्य खोज्न जान लागेकी हो भन्ने पत्तोफाट थिएन । बरा निर्दोष मेरी छोरी आफु पनि आमा संगै जान लागेको आभाष ले रमाउन थालि र संगै बहिनि लाइ पनि लिएर जान आग्रह गर्न थालि ।

उस्ले यति शब्द मात्र खसाल्न के लागेकी लामो समय देखि मैले हिम नदि झैं बनाएर जवर्जस्ती रोकेर राखेका मेरा आशुले मेरो धैर्यताको बाध फोड्दै झर्न थाले ! पिडा र ब्यथा हरु चीत्कारिदै निस्किन थाले ।

ठुलो नानु लाई बिस रुपैयाँ हातमा थमाउदै मैले उसको लागि हेलिकप्टर र बैनीको लागि गाडी लिन जान लागेको भनेर बैनिको ख्याल गर्नु भनेर सिकाएँ । आज्ञाकारी मेरी छोरी ले आफु सफा भएर बस्ने र कसैलाई दुख नदिने अनि बैनीको ख्याल गर्ने भन्दै निर्दोष वाचा हरु गर्न थालि । कति ज्ञानी मेरी छोरी भन्न मात्रै लागेकी के थिएं नानू पनि सङै रुन पो थालि । मेरो छातीमा अचानक ठुलो जाँतोले थिचे जस्तो भयो । भक्कानिएर रोएर आफैलाई रित्याउँन पनि नमिल्ने के गरूँ …दुइ टुक्रा आफ्नो प्राण आमाको जिम्मा लगाउदै फुट्न लागेको छाती लिएर म आफ्नो र छोरीहरुको सुनौलो भविष्यको लागि सुदुर परदेशको यात्राको लागि घर बाट बिदा भएँ ।

The post सुतेकी छोरीलाई दुध चुसाउनु मन लाग्यो तर ब्यूझेर रून्छ कि भनेर छोडेर विदेश हिडेँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hxXmAz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top