Photo of Milford Sound in New Zealand

संसारमा केही यस्ता स्थान छन्, जो साँच्चिकै अद्भुत छन् । यस्ता स्थानहरु मानिसका लागि अहिले पनि रहस्यका विषय बन्ने गरेका छन् । कयौ मानिसहरुले यस्ता स्थानमा धेरै श्रद्धा राख्छन् ।

र आउने–जाने गरिरहन्छन् । यस्ता स्थानले हिन्दु धर्ममा पनि ठूलो धार्मीक मान्यता राख्छ । हामी हामी हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरका बारेमा जानकारी दिदैछौं ।

१. विभिन्न धर्मको साझा धार्मिक स्थल

कैलाश मानसरोवरलाई भगवान शिवको मुख्य स्थानकारुपमा मानिन्छ । प्रत्येक बर्ष यहाँ हजारौ तीर्थयात्रीहरु आउने गर्छन् । यहाँको यात्रा एकदमै कठोर हुन्छ ।

कैलाश मानसरोवरको विशेषता यो की यहाँ हिन्दु धर्म मात्रै होइन संसारका सबै धर्मको धार्मिक केन्द्र हो । कैलाश हिन्दु धर्मका साथै बौद्ध धर्म, तिब्बती बौद्ध, जैन धर्मवलम्बीको समेत तीर्थस्थल हो । बौद्ध धर्मवलम्वीहरु कैलाश पर्वतमा ‘मणिपद्मा तथा बुद्ध’ का निवास मान्छन् । हिन्दु धर्मवलम्वीहरु भगवान शिवको स्थान मान्छन् ।

यस्तै जैन धर्मवलम्वीहरु आदिनाथ ऋषभदेवले कैलाश पर्वतमा मुक्ति प्राप्त गरेको विश्वास गर्छन् । र उनीहरुले यो स्थानलाई मुक्ति प्राप्त गर्ने स्थलकारुमा लिन्छन् । सिख धर्मका मानिसहरु कैलाश पर्वतमा रोकिएर गुरु नानक देवले केही समय ध्यान गरेका थिए । त्यसैले यो उनीहरुको पनि पवित्र स्थल हो ।

२. सनुको पहाड र प्राकृतिक ॐ

कैलाश मानसरोवर नामको यो स्थानमा जब यात्री पुग्छन् । त्यहाँ सुर्योदयका समयमा यहाँको दृष्य अचम्म लाग्दो हुन्छ । जसलाई शव्दमा वयान गर्न गाह्रो हुन्छ । सूर्यको पहिलो किरण पर्ने वित्तिकै यो पर्वत शुद्ध सुन रंगको देखिन्छ ।

त्यो बेला लाग्छ की यो पहाड सुनमा परिवर्तन भएको छ । यसका साथै कैलाश यात्राका क्रममा ॐ पर्वतको दर्शन समेत गर्न पाइन्छ । यो ॐ पर्वत ठूलो क्षेत्रमा फैलिएको छ । जसमा प्राकृतिक रूपमा बनेको ॐ देख्न सकिन्छ ।

३. प्रकाश र दिव्य ध्वनिको स्थान

कैलाश मानसरोवरको यो स्थान प्राचीन काल देखिनै सबैभन्दा रहस्यमय रहेको छ । आज पनि यहाँ एक दिव्य प्रकाश देख्न सकिन्छ । साथै दिव्य ध्वनीको तरंग समेत सुन्न सकिन्छ । यो दिव्य प्रकाश र ध्वानी आपसमा मिल्दा हाँ ॐ शब्दका ध्वनी सुन्न सकिन्छ ।

तपाईलाई कैलाश पर्वतका बारेमा हामी यो पनि जानकारी दिन्छौं की यो पर्वतको पूर्व भागको क्रिस्टल, पश्चिमको रूबी, उत्तर को स्वर्ण तथा दक्षिण को नीलम मानिन्छ । कैलाशका अन्य थुप्रै रहस्यहरु पनि रहेका छन् । जसकाबारेमा धेरै कम मानिसहरु जान्दछन् । एजेन्सीको सहयोगमा

The post अचम्मको पहाड ! सुर्योदय हुने बित्तिकै सुनमा बदलिन्छ, अनि बन्छ प्राकृतिक ॐ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x6JFxT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top