Photo of Milford Sound in New Zealand

भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् ।

नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । उनलाई मिडियासँग दोहोरो गफगाफ गर्न भने दिइएन । तर, आफ्नो भनाई राख्दै तेरियाले सबै सहयोगी नेपालीहरुलाई धन्यवाद दिइन् । उनले आफू नेपाल बस्छ या बस्दैन भनेर विभिन्न खालका चर्चा भएको भन्दै भनिन्–‘नेपालमा पनि डान्सको संभावना छ । तर, म नेपाल बसेर काम गरे भने सबैले तेरिया भनेर चिन्छन् । तर, नेपाल बाहिर बसेर काम गरे भने सबैले नेपालकी तेरिया भनेर चिन्छन् ।’

उनले सधै आफूलाई यसरि नै सहयोग गर्न नेपालीलाई आग्रह गरिन् । उनले आफूलाई नेपालकी तेरिया भनेर चिनिनु छ भनिन् । तेरियाले ‘तेरिया मगर फाउन्डेशन’लाई पनि अगाडि बढाउने बताइन् । आफूले कमाएका रकममध्येको केहि रकम यो फाउन्डेशनमा राख्ने र ठूली भएपछि आफै ह्यान्डल गर्ने समेत बताएकी छिन् । भिडियो हेर्नुहोस

The post तेरिया मगर भन्छिन – म भारतमा बसे पनि यो मन त मेरो नेपाली हो ( हेर्नुहोस भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yf5AYL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top