Photo of Milford Sound in New Zealand

काठमाडौं : नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न अफर ल्याएको छ। अफरअन्तर्गत जीएसएम प्रिपेड÷पोस्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज ल्याएको हो। युट्युब डाटा प्याकेजअन्तर्गत एक सय रुपैयाँमा एक जीबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २१ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

त्यसैगरी ६० रुपैयाँको पाँच सय एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ। त्यस्तै डिस्काउन्टेड भ्वाइस डाटा प्याकेजअन्तर्गत एक सय ५० र दुई सय ५० का प्याक उपलब्ध छन्। एक सय ५० प्याकअन्तर्गत एक सय ५० रुपैयाँमा ६ सय एमबी र प्याक दुई सय ५० अन्तर्गत दुई सय ५० रुपैयाँमा एक जीबी डाटा भोल्युम उपलब्ध हुनेछ। उक्त प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट हुने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार खरिद खरेका दुई प्याक क्रमशः १४ दिन र २८ दिनसम्म प्रयोग गर्न सकिनेछ। डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा १४ दिन र २८ दिनसम्म २० प्रतिशत छुट प्राप्त हुनेछ।

युट्युब डाटा प्याकेज लिनका लागि ग्राहकले ‘वाईटी१जीबी’ वा ‘वाईटी५००एमबी’ लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ। डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिन ‘प्याक१५०’ वा ‘प्याक२५०’ लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ। यी सबै अफर भदौ ५ देखि १९ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

The post आज बुवाको मुख हेर्ने दिन, टेलिकमले दियो यस्तो सुबिधा … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wmEv5j
via IFTTT

0 comments:

Post a Comment

add

 
Top