Photo of Milford Sound in New Zealand

काठमाडौं, ९ भदौ । केही दिनयता सामाजिक सञ्जालमा ११ वर्षीय बालकको भिडियो भाइरल बनिरहेको छ । कक्षा ७ मा अध्ययनरत् अंकित संग्रौलाले आफ्नै विद्यालय माउन्टभिउ इङ्गलिस स्कुलको कक्षा कोठामा ‘विज्ञान अभिशाप होइन वरदान हो’ भन्ने विषयमा दिएको तर्क समेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

अंकितले उक्त विषयमा वादविवाद प्रतियोगिताको तैयारी गरिएको भिडियो प्रिन्सिपल राज कुमारले फेसबुकमा पोष्ट गरिएपछि भाइरल बनिरहेको छ । उक्त भिडियोमा अंकितले प्रष्ट र प्रखर विचार राखेका छन् । तर्कसंगत दिएको उक्त भिडियो पोष्ट गरेको केही समयमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

विज्ञानप्रति आकर्षित र रुची लिएका अंकित वैज्ञानिक बन्ने लक्ष्य लिएको मिडिया एनपीलाई जानकारी दिए । इस्टेफेन हकिन्सलाई आफ्नो प्रेरणाको स्रोत मानेका अंकित धेरै असामान्य कुराहरु विज्ञानले पूरा गरेका हुनाले उनी पनि बायोलोजिकल मानव पखेटा बनाउन चाहाने बताउँछन् ।

मार्टिन लुथरकिंग, मदन भण्डारी, गगन थापाको भाषणबाट प्रभावित भएको बताउने अंकितले सरकार परिवर्तन भइरहने कार्यले मुलुकको विकासमा नकारात्मक असर पुगेको बताए । देश विकासका लागि राजनीति स्थिरता र युवाको पसिना आवश्यक रहेको उनको बुझाइ छ । medianp

The post ११ वर्षीय अंकित ‘मान्छे पखेटा हालेर उड्ने मेसिन’ बनाउने योजनामा, सामाजिक सञ्जालमा भाइरल बन्यो भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wGJhKK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top