Photo of Milford Sound in New Zealand

आफूहरु श्रीमान्–श्रीमती भएको बताएर होटलमा कोठा लिएर बसेका एक जोडीमध्ये युवक मृत अवस्थामा भेटिएका छन् । युवती बेहोस अवस्थामा भेटिइन् । प्रहरीले प्रेमका कारण घटना भएको अनुमानका साथ जाँच अगाडि बढाएको छ । युवतीले भने आफूलाई झुक्याएर ल्याइएको र आफूसँग अनैतिक सम्बन्ध बनाउन खोजेको आरोप लगाएकी छिन् ।

भारतको इन्दौर देवासमा यो जोडी १७ अगष्टका दिन राती लजमा कोठा लिन पुगेका थिए । उनीहरुले लजमा आफूहरु पती पत्नी भएको बताएर कोठा लिएका थिए । तर, प्रहरीका सुराकीलाई शंका लागेपनि प्रहरीलाई खबर गरिदिए । मध्यरातमा जब प्रहरी कोठामा पुग्यो त्यहाँ युवक मृत अवस्थामा भेटिए । युवती बेहोस थिइन् । मृतक युवकको नाम मनिष परमार रहेको बताइएको छ ।

युवतीले आफूहरुको ह्वाट्सएपमा कुरा गर्दा गर्दै नजिक भएको बताएकी छिन् । उनीहरु त्यस दिन देवासमा भेटेपछि सँगै होटलमा गएको र त्यहाँ रक्सी पिएको बताएकी छिन् । मनिषले रक्सी पिएर आफूसँग अनैतिक काम गरेको उनले बताइन् । तर आफू नशामा भएकोले मनिषको मृत्यु कसरी भयो भन्ने विषयमा युवतीले कुनै जानकारी नभएको बयान दिएकी छिन् । युवतीको बयान बिरोधाभाषपूर्ण रहेको भन्दै प्रहरीले उनलाई पनि शंकाको दायरामा राखेको बताइको छ । भिडियो हेर्नुहोस्-

The post श्रीमान्–श्रीमती बनेर लिए होटलमा कोठा, बिहान भेटियो युवकको लाश …. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2imo96d
via IFTTT

0 comments:

Post a Comment

add

 
Top