Photo of Milford Sound in New Zealand

एजेन्सी : उत्तर कोरियाले शनिबार बिहानै छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ । अमेरिकी र दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै चिनियाँ टेलिभिजन ‘सीजीटीएन’ले दिएका खबर अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६:४९ मा आधा घण्टाभित्र उत्तर कोरियाले छोटो दूरीका तीन क्षेयास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो । अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर ‘डेभ बेन्हाम’ले परीक्षण गरिएका मध्ये पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएको र दोस्रो क्षेप्यास्त्र मात्रै विस्फोट भएको दावी गरेका छन् ।

केही दिनदेखि अमेरिकी र दक्षिण कोरियाली सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । यसलाई उत्तर कोरियाले आफूलाई उक्साउन गरिएको गतिविधिको संज्ञा दिई विरोध जनाइरहेको छ । अमेरिकाको सैन्य अधार क्षेत्र ‘गुआम’मा आक्रमण गर्ने चेतावनी दिदै आएको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाली सेनाको गतिविधिको निगरानी गरिरहेको जनाएको छ । अमेरिकी सेनाले उत्तर कोरियाले हाल परीक्षण गरेको क्षेप्यास्त्रले गुआमका लागि खतरा नरहेको बताएको छ ।

The post शनिबार बिहानै उत्तर कोरियाले प्रहार गर्‍यो तीन क्षेप्यास्त्र appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wwrrd9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top