Photo of Milford Sound in New Zealand

म बखतबहादुर खत्री, घर दोलखा क्षेत्र नंबर १ को क्षेत्रपा गाविसमा पर्छ । म २०६२ साल कात्तिक १७ गते मलेसिया उडेको हुँ । यहाँ हामीलाई सिन्क्वाइट ट्रेनिङ कम्पनीका लागि भनेर लगिएको थियो ।
कम्पनी मलेसियाको पहाङमा छ भनिएको थियो । तर विमानस्थलमा लिन आउने नेपाली एजेन्ट केशु थापा र मलेसियाका एजेन्टले हामीलाई पहाङ नलगेर जोहरबारुको एकिन जाहा भन्ने जंगलमा लगे ।

त्यहाँ हामीलाई मलाई साँप काट्ने काममा लगाइयो । हामीलाई उसले साँप काट्नै भनेर लगेको रहेछ । यहाँ मेनपावरले म्यानुफ्याक्चर वा मासुको काम गर्नुपर्छ भनेको थियो । तर जिउँदै साँप समात्नुपर्छ, त्यसलाई काट्नुपर्छ भनेको थिएन ।

गएको भोलिपल्ट देखिनै हामीलाई काममा लगाए । ‘हामी नेपाली हौं, साँपदेखि डर लाग्छ, बरु खान नपाए खाँदैनौं यस्तो काम गर्न सक्दैनौं’ गर्न सक्दैनौं’ भन्यौं । तर उसले हामीलाई ‘भात खानु छ भने काम गर होइन भने काम नगर’ भन्यो । हामीलाई ‘घरबाट पैसा मागेर नेपाल फर्की’ समेत भने ।

त्यहाँ १० किलोदेखि ५०/५५ किलोसम्मका अजिंगरहरुलाई जिँउदै बोरामा राखेर ल्याउँदा रहेछन् । त्यसलाई खाली हातले समात्नुपर्ने अनि पानी हाल्नुपर्ने । साँप जति फुल्यो, साहु त्यति नै खुसी हुन्थ्यो । कहिलेकाँही हामीलाई साँपले लडाइदिन्थ्यो । त्यतिबेला त्यो साहु हामीलाई हेरेर हाँस्थ्यो ।
त्यहाँ हामीले वनबाट ल्याइएका साँप काट्ने, साँपको पित्त निकाल्ने, त्यसको मासु टुक्रा टुक्रा बनाउनुपर्ने थियो । साँपको मासु र पित्तलाई अलग अलग सुकाउनुपथ्र्यो । त्यसपछि हड्डीलाई पिसेर अर्कै ठाँउमा लगेर प्रयोग गर्ने गर्नुपथ्र्यो ।

हामीले दिनमा सरदर ५ सयदेखि २५ सयवटा अजिंगर काट्नुपथ्र्यो । यो कामबाट उद्दार गर भन्दा उसले मलाई कहिल्यै टेरेन । एक घण्टा काम गरे त्यहाँको ३ रुपैयाँ दिन्थ्यो, दिनभरि सुतेर बसेपनि ऊ खोज्न जाँदैनथ्यो ।

उनीहरुले अजिंगरलाई ५/६ सय बोरामा हालेर राखेका हुँदा रहेछन् । अजिंगर जति नै ठुलो भएपनि त्यसको टाउको भने सानो हुँदोरहेछ । एकजनाले बोराको टाउको काट्दै जाने र अर्काले अजिंगरको टाउको हेर्नुपर्ने थियो । हामी अजिंगर राखेको बोरा घोप्ट्याउँथ्यौ । मालिकले कतै घाउ लागेको छ कि छैन हेथ्र्यो । घाउ चोट लागेका चाँही मालिकको गोदाममा लगेर स्टोर गर्नुपथ्र्यो । हामीले नांगो हातले अजिंगर समातेर लैजानुपथ्र्यो । १५÷२० किलोको अजिंगर हातले समात्नुपथ्र्यो । अहिले सम्झिँदा पनि डर लाग्छ । हामीले ३ महिनामा ११ सय रिंगेट कमायौं । काम थालेको तेश्रो दिन नै मलाई अजिंगरले लडायो र मेरो हात खायो । त्यो दिन मलाई बाँचेर नेपाल फर्किन्छु, परिवासँग भेट हुन्छ भन्ने नै लागेको थिएन । मैले भोगेको डरलाग्दो क्षण नै त्यही हो । कामबाट फर्किँदा आज त म बाँचे भोली बाँच्छु कि बाँच्दिन भन्ने लाग्थ्यो । धन्न बाँचेर नेपाल फर्किएँ । भिडियोमा हेर्नुहोस्

The post मलेसियामा सर्प काट्नेको कथा हेर्नुहोस् भिडियो .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wGEsAu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top