Photo of Milford Sound in New Zealand

काठमाडौँ । भारत नियन्त्रित काश्मिर । जम्मू-कश्मीरको पुलवा जिल्लामा भारतीय सेनाको क्याम्पमा आक्रमण भएको छ । जिल्ला प्रहरी लाइनमा १२ घन्टासम्म मुडभेड चलेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

आक्रमणमा अहिलेसम्म ३ प्रहरी, २ सेनाका जवान र एक आक्रमणकारीको ज्यान गएको छ । घटनामा ८ भन्दा बढी जवान घाइते भएका छन् । शनिबार बिहानदेखि चलेको गोलाबारी अहिले पनि जारी छ ।

पृथकताबादी समुह जैश-ए-मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणपछी सो क्षेत्रमा इंटरनेट सुविधा बन्द गरिएको छ । गोलाबारी चलिरहेको क्षेत्रबाट सेनाले ३६ परिवारलाई सुरक्षित स्थानमा सारेको संचारमाध्यमले जनाएका छन् ।

आक्रमणकारी अहिलेपनि प्रहरी लाइनको भवनमा रहेको आशंकामा भारतीय सेना र सिमा सुरक्षा बलले सर्च ऑपरेशन चलाएका छन् । घाइते भएका जवानको अवस्था गम्भीर रहेको जनाइएको छ ।न्युज २४

The post भारतीय सेनाको क्याम्पमा भिषण हमला, ५ सेना र १ आक्रमणकारीको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wdRzXM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top