Photo of Milford Sound in New Zealand

पोर्न (अश्लिल) चलचित्रबाट बलिउड चलचित्र उद्योगमा जमेकी सन्नी लियोनको भाउ हिजोआज निकै बढेको छ, नाम र दामका सन्दर्भमा । आफ्नो यही लोकप्रियतालाई पैसामा परिणत गर्न उनी निकै माहिर पनि छिन् । उनका अश्लिल चलचित्रमा अभिनय हेरेर मख्ख पर्नेमा भारतीय दर्शकमात्र होईन बलिउड निर्माता तथा निर्देशकहरु पनि छन् जसका कारण उनीहरु सनीलाई मागे जति पारिश्रमिक दिन तयार हुन्छन् ।

सन्नीले हालै मात्र एक विज्ञापन फिल्ममा अभिनय गर्न बलिउडका ए लिष्टका कलाकारहरुले लिने जति पारिश्रमिक लिएकी छिन् । बताईए अनुसार सनीले एक विज्ञापनमा अभिनय गरे वापत भारु आठ करोड पारिश्रमिक लिएकी छिन् ।
सन्नीले घाँटीको समस्यासँग सम्बन्धित औषधिको विज्ञापनका लागि यति ठूलो पारिश्रमिक लिएकी हुन् । सनीले प्रति दिन दुई करोड रुपियाँका दरले चार दिनका लागि यो रकम लिएकी हुन् ।

‘ जिस्म २’ ,‘ रागिनी एमएमएस २ ’, ‘ एक पहेली लिला ’, आदि जस्ता बलिउड चलचित्रमा अभिनय गरिसकेकी सन्नीले आफ्ना पछिल्ला चलचित्रहरुका लािग समेत पारिश्रमिक बढाएकी छिन् । उनको पारिश्रमिक बलिउडका महँगा अभिनेत्रीहरुकै जत्तिकै भएको पनि बताईएको छ ।
भारतीय टेलिभिजनबाट प्रसारण हुने ‘ बिग बाँस ’ को पाँचौं श्रृँखलामा देखिएकी सनीले त्यसपछि बलिउड चलचित्रहरुमा अभिनय शुरु गरेकी हुन् । बलिउड चलचित्रमा निरन्तर अभिनय गरिरहे पनि सन्नीले पोर्न ( अश्लिल ) चलचित्र उद्योगसँग अझै नाता तोडेकी छैनन् ।

The post एक दिनकै २ करोड लिन्छिन् सन्नी लियोनले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wGwS9F
via IFTTT

0 comments:

Post a Comment

add

 
Top