Photo of Milford Sound in New Zealand

विराटनगर : ‘सानैदेखिको तेरो इच्छा पुरा गरिस्, सँधै राम्रो होस’ २० वर्षे गंगाकुमारी श्रेष्ठलाई प्रहरी जवानको ९ महिने तालिम पूरा गरेपछि शुक्रबार दर्ज्यानी चिह्न दिँदै उनकी आमा सुमित्राले आशिर्वाद दिइन्, ‘सोचेको पुगोस्, देशको सेवा गर्नू।’ गंगाले गहभरी आँशु बनाइन् र भक्कानिन्। गंगा खुसीले ढक्क फुलेकी थिइन्, त्यति मात्रै होइन उनी दीक्षित भइरहँदा उनलाई भेट्न पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर आएका आफन्तले परम्परा तोडेको भन्दै प्रशंसा गरे। गंगा श्रेष्ठको परिवारमा कोही पनि फौजी थिएन। त्यसमाथि महिलाले फौजी हुनु हुँदैन भन्ने थियो। बन्दुक छोए पड्किँदैन, छोरीले लडाईंमा जानु हुँदैन, घरको काम गर्ने हो भन्ने परम्परागत मान्यताको विरुद्धमा छोरी गंगाले देशको शान्ति सुरक्षा कायम राख्ने जिम्मा पाएकी छिन्। उनै गंगाले तालिमका क्रममा ९१ जना समकक्षी महिलालाई पछि पार्दै सर्वप्रथम हुन सफल भइन्।

‘सानैदेखिको प्रहरीमा भर्ती हुने इच्छा थियो,’ गंगाले भनिन्, ‘२० वर्षको उमेरमा यो इच्छा पूरा भयो, प्रहरी भित्रको ‘चेन्ड अफ कमान्डमा’ रहेर अब जनताको सेवामा लाग्नेछु।’ सर्लाही लालबन्दी–४ घर भएकी गंगाले सपना साकार पारेको उनकी आमा सुमित्राले बताइन्। गंगाले मात्रै होइन भोजपुर आमचोक–८ घर भएका २३ वर्षे मनोज मगरले तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गरे। उनी ७ सय ७१ जनाको कमाण्डर भए। शुक्रबार दीक्षित भइसक्दा सबैका बुबा–आमा देखे तर उनले आफ्ना आमा–बुबाबाट दर्ज्यानी चिह्न पाउन सकेनन्। ‘यहाँ आमा–बुबा भएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘गरिवको विदेशिनु बाध्यता छ।’ उनका बुबा वैदेशिक रोजगारीमा छन्। काका विनोद मगरबाट उनले दर्ज्यानी चिह्न लिए। ‘सबै विदेश विदेश भन्छन्, तर मलाई स्वदेशमै केही गरौं भन्ने लागेको छ,’ बीबीएस अन्तिम वर्षमा अध्ययनरत मगरले भने, ‘जवानमा पास भएको छु, अब असईमा भिड्छु।’ सबैको कमाण्डर बन्नु ठूलो मेहनत भएको भन्दै उनले नेपालमै मेहनत र पसिना बनाउने सोच बनाउनु पर्नेमा जोड दिए।

७ सय ७१ दीक्षित

शुक्रबार पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरबाट ७ सय ७१ जना प्रहरी जवान दीक्षित भएका छन्। सरकारी अधिकारी तथा समाजका अगुवा तथा दीक्षित जवानका अभिभावकसहितको एक समारोहकाबीच उनीहरुलाई दीक्षित गरिएको हो। ०७३ साल भदौ ३१ गतेबाट प्रहरी जवान आधारभूत तालिम १ सय ३४ औं समूहका ९१ महिला सहित छ सय २७ जना तथा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय रानीबाट एक सय ४४ जना सहित सात सय ७१ जना प्रशिक्षार्थीलाई दीक्षित गरिएको हो। दीक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकलाई पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टराईले पुरस्कृत गरे। उनले प्रहरी संगठनको नीति निर्देशनको अक्षरस पालना गर्न र जनतालाई केन्द्रविन्दुमा राखेर ऐन कानुनको परिधिमा रही काम गर्न दीक्षित हुने प्रहरीलाई निर्देशन दिए। समेत गर्नुभयो ।

भट्टराईको अन्तिम कार्यक्रम

दीक्षान्त समारोह प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईको पूर्व क्षेत्रीय प्रहरी प्रमुखको रूपमा शुक्रबार अन्तिम कार्यक्रम हो। अब हुने प्रहरीका विभिन्न कार्यक्रममा प्रदेश प्रहरी प्रमुखका रूपमा रहने एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) प्रमुख अतिथि रहने छन्। २०७३ साल फागुन ९ गते आएका भट्टराई पूर्व क्षेत्रीय प्रमुखमा रहने अन्तिम डीआईजी बनेका छन्। मुलुक संघीय संरचनामा गइसकेपछि सरकारले सातवटै प्रदेशको प्रहरी प्रमुखमा दरबन्दी कायम गरेर एआईजीलाई पठाइसकेको छ। यसअघि क्षेत्रीय प्रहरी प्रमुखका रुपमा डीआईजी रहन्थे। १ नम्बर प्रदेश प्रहरी प्रमुखमा एआईजी पशुपति उपाध्यायको सरुवा भइसकेको छ। उनी सोमबार विराटनगर आउँदैछन्। एआईजी आइसकेपछि क्षेत्रीय प्रहरी कार्यालयका रुपमा रहेको कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा संचालन गरिनेछ। प्रदेश १ को डीआईजीका रुपमा ज्ञानविक्रम शाहको सरुवा भएको छ।
source:thahakhabar

The post ९१ जनालाई पछि पार्दै कमाण्डर बनिन् गंगा, आमाले लगाइदिइन् दर्ज्यानी चिह्न appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wEjbs9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top