Photo of Milford Sound in New Zealand

हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ ।

तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।

तीजमा पूजा गर्न आवश्यक पर्ने सामग्री

१ विशेष प्रकारका फुलबाट सजिएको माला २ भिजेको कालो माटो अथवा बालुवा रेत ३ केराको पात ४ सबै प्रकारका फल एवम् फूलका पातहरु ५ बेलपत्र, शमी पत्र, धतूराको फल एवम् फूल, अकावको फूल, तुलसी, मञ्जरी ७ जनै, धागो था सेतो वस्त्र, ८ माता गौरी (पार्वती)का लागि चुरा, काँजल, बिन्दी, कुमकुम, सिन्दुर, कांगियो, मेहन्दी, ऐना आदि ९ ध्यु, तेल, दीप, कपुर, अबीर, चन्दन, श्री फल, कलश १० पञ्चअमृत– ध्यु, दही, चिनी, दुध, मह

हरितालिका तीजमा पूजा गर्ने विधि

हरितालिका तीजको पूजा सन्ध्याकाल (दिन रात मिल्ने समय) मा गरिन्छ । हरितालिकाको पूजाका लागि कालो माटो तथा बालुवा रेतबाट शिव, पार्वती तथा भगवान गणेशको मूर्ति बनाउनुहोस् । मूर्तिमा विशेष प्रकारका फूलबाट बनाइएको माला चढाउनुहोस् ।

तीनवटै मूर्तिलाई केलाको पातमा राख्नुहोस् । त्यसपछि कलश बनाउनुहोस् । त्यसमा श्रीफल र एक दीप जलाएर राख्नुहोस् । कलशको मुखमा रातो धागो कलशको घाँटीमा बाँध्नुहोस् । कलशमा अक्षता पनि चढाउनुहोस्, विधिपूर्वक कलशको पूजा गर्नुहोस् ।

कलश पछि गणेशको पूजा गर्नुहोस् । त्यसपछि भगवान शिवको पूजा गर्नुहोस् । त्यसपछि माता गौरी (पार्वती)को पूजा गर्नुहोस् । त्यसपछि हरितालिका तीजको कथा पढ्नुहोस् । पूजा गर्ने स्थानमा भएका अन्य व्यक्तिले पनि तीजको कथा पढ्दा हुन्छ ।

त्यसपछि सबैले मिलेर आरती गर्नुहोस् । सर्वप्रथम गणेशको, त्यसपछि शिव र पार्वतीको आरती गर्नुहोस् । पूजापछि भगवानको परिक्रमा पनि गर्नुहोस् ।

माता गौरी (पार्वती)को पूजा राति पनि गर्ने गरिन्छ । रात्रीको पूजामा पार्वतीलाई सिन्दुर लगायत विवाहका सामग्री चढाउने गरिन्छ ।

पूजा सकिएपछि सबै सामग्रीलाई पवित्र नदी तथा कुण्डामा गएर बिसर्जन गर्नुहोस् ।

-Lokaantar

The post तीजको दिन यसरी घरमै गर्नुहोस् भगवान शिवको पूजा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vjR1hI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top