Photo of Milford Sound in New Zealand

काठमाडौं, ६ भदौ — पहिचान नखुलेको एक गाडीले नयाँ दिल्लीको अलिपुरमा एउटा मोटरसाइकललाई टक्कर दिँदा दुई नेपालीको मृत्यु भएको अनि अर्को एकजना घाइते भएको प्रहरीले बताएको छ ।

सुरज केशरी, राहुल र लक्षु जीविकाका लागि मम बेच्ने गर्थे । उनीहरू सिंघु सीमा क्षेत्रबाट मोटरसाइकलमा फर्किँदै गर्दा एउटा गाडीले नेसनल हाईवे १ मा हानेको थियो ।

बाटो हिँड्दै गरेका एकजनाले यी तीनैलाई घाइते अवस्थामा सडकमा लडिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

केशरी र राहुल चिराग दिल्लीमा भाडाको कोठामा बस्थे र उनीहरूलाई अस्पताल पु–याउँदा मृत घोषणा गरिएको थियो । लक्षु चाहिँ जहाँगिरपुरीमा बस्छन् र एलएनजेपी अस्पतालमा उनको उपचार चलिरहेको छ ।

मेडिकल रिपोर्टअनुसार तीनजना रक्सीको नशामा थिए, प्रहरीले बतायो ।

पीटीआईबाट

The post नयाँ दिल्लीमा दुई नेपालीको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vbmGSu
via IFTTT
22 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top