Photo of Milford Sound in New Zealand

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

यसै क्रममा नेपाली हिन्दू चेलीहरू पनि व्रत वसेका छन्, नाचगानमा व्यस्त छन् । यसैक्रममा हामीले कलाकारहरूले कसरी तीज मनाउँदैछन् भन्ने जानकारी लिने प्रयास गरेका छाैं।

कोमल वली, गायिका

यसपालिको तीजमाम त नाच्दिन के रे, चाहिएन पोइ जस्ता गीतले चर्चामा रहेकी कोमल ओली तीजको लागि चितवनतिर लागेकी छिन् । बिहानै पूजापाठ गरेर चितवनको रत्ननगरमा कार्यक्रमका लागि उनी बिहानै चितवन लागेकी हुन् । ‘आज दिनभरी नै यतै हुन्छु, भोलि पनि अर्को कार्यक्रमका लागि यतै बस्नुपर्ने छ ।’ उनी भन्छिन्, ‘तीजमा सबैले राम्रो पति पाउँ भनेर व्रत बस्छन्, म चाहिँ भगवान शिवजीका लागि व्रत बस्छु ।’ उनी आज बिहानैदेखि हिन्दू धर्मअनुसार व्रत बसेकी छिन् । अझै बिहे नगरेकी ओलीले श्रीमान खोज्ने जिम्मा भगवान शिवलाई जिम्मा लगाइदिएको बताउँछिन् ।

अञ्जु पन्त, गायिका

गायिका अञ्जु पन्तका लागि भने तीज खासै महत्त्वको विषय होइन । धर्म परिवर्तन गरेसँगै उनले अहिले तीजलाई पर्वका रुपमा लिन छोडेकी छिन् । लगभग एक महिना लामो अमेरिका बसाइपछि तीजमा नेपाल आएपनि यतिबेला भने उनलाई तीजभन्दा थकाइ बढी लागेको छ । अमेरिकामा केही ईसाई गीत र केही अन्य गीत गाएर उनी नेपाल फर्केकी हुन् । उनी यतिबेला आराम गरिरहेकी छिन् ।

तीजमा व्रत नबसेपनि परिवारसँग बसेर सुखदुख साट्ने सोच भने छ उनको । तर आजै तीजको दिन भेटघाट गर्ने उनको योजना छैन ।

वर्षा राउत, नायिका

नायिका वर्षा राउत यतिबेला शूटिङमै व्यस्त छिन् । केही महिनाअघि हजुरआमाको निधन भएपछि यसपटकको तीज उनका लागि खल्लो भएको छ । ‘यसपटक हामीले तीज मनाउन मिल्दैन तर दिनभरी घरतिरै भइन्छ ।’, उनी भन्छिन् ।

वर्षालाई तीजको कुनै रौनक नभए पनि परिवारसँगै घरमा बस्ने सोच भने छ उनको । नाचगान तथा व्रत बस्ने कार्य भने हुने छैनन् ।

कुञ्जना घिमिरे, हास्य कलाकार, समाजसेवी

सुन्तलीको नामले चर्चित कुञ्जना घिमिरे भने यसपटक व्रत बसेकी छिन् । उनलाई तीज पर्व विशेष लाग्छ । कुञ्जनाकी आमा सीतादेवी घिमिरेले पनि तीजमा गरिने नाचगानलाई चासोका साथ हेर्ने गर्छिन् । ‘हाम्रो घरमा त तीज विशेष नै हुन्छ, रातभरी नाचगान गरेर बिताउँछौं ।’ कुञ्जना सुनाउँछिन्, ‘सानैदेखि नै राम्रो पति पाइयोस् भनेर व्रत बस्थें । भगवानले पूरा गरिदिनुभयो ।’

भगवानमा धेरै विश्वास गर्ने कुञ्जनाले आज व्रत बसेकी छिन् । उनले आज पानी पनि नपिइ व्रत बस्ने बताउँछिन् । ‘जसरी सकिन्छ, त्यसरी व्रत बस्दा राम्रो हो तर तीजमा पानी पनि नपिइ व्रत बस्ने गरेकी छु ।’ सुन्तली सुनाउँछिन् ।

आफ्नी छोरीलाई पनि तीज पर्वको महत्त्व सिकाउनु पर्ने जिम्माले परिवारका लागि समय छुट्याएकी छिन् । पति सीताराम कट्टेलको लामो आयु र उस्तै ईच्छाशक्ति रहोस् भनेर आफू बसेको बताउँछिन् कुञ्जना ।

महिलाको तीजको अवसरमा सामाजिक सञ्जालमार्फत पनि विभिन्न कलाकारले शुभकामना दिएका छन् । फेसबुकमार्फत वर्षा शिवाकोटी, रेखा थापा, करिश्मा मानन्धर, पूजा शर्मा लगायतका कलाकारले पनि तीजलाई महत्त्वका साथ लिँदै तीजको शुभकामना दिएका छन् । -Lokaantar News

The post तीजमा कलाकार : पानी नपिइ व्रत बसिन् सुन्तली, कोमल, वर्षा र अञ्जुको तीज कस्तो? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2it4At8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top